चिकित्सकहरू ३५ दिनदेखि निरन्तर आन्दोलनमा
काठमाडौँ । चिकित्सकहरूले विगत ३५ दिनदेखि आन्दोलन गर्दै आएका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासीय तथा अन्य चिकित्सकहरू आन्दोलन गर्दै आएका हुन् ।
यो बिचमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकका विभिन्न संस्थाहरूबिच सहमति भइसकेको छ । तर, सङ्घर्ष समितिले भने आन्दोलन जारी राखेको छ । कतिपय निजी मेडिकल कलेजहरूले ३ महिनादेखिको पारिश्रमिक नदिएको तथा आवासीय चिकित्सकहरूलाई धम्की दिइरहेको भन्दै त्यसको अन्त्य नहुँदासम्म आन्दोलन जारी राख्ने जनाएको हो ।
समितिका अध्यक्ष डाक्टर शेषराज घिमिरेले केही मेडिकल कलेजहरूले आठौँ तहको सरकारी मेडिकल अधिकृत सरह पारिश्रमिक दिन थालेको बताए । ती बाहेक अन्य मेडिकल कलेजले अझै पनि तीन महिनादेखिको पारिश्रमिक नदिएको र आवासीय चिकित्सकहरूलाई अनावश्यक धम्की दिने क्रम जारी रहेको भन्दै विरोधका कार्यक्रम यथावत् राखिएको बताए ।
चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकले गरेको निर्णयबमोजिमको पारिश्रमिक भुक्तानी, आवासीय चिकित्सकहरूलाई निःशर्त ड्युटीमा फर्कने वातावरण र आन्दोलनमा सहभागी भएकै कारण कुनै शैक्षिक वा अन्य समस्या नपर्ने सुनिश्चितता नभएसम्म विरोधका कार्यक्रम जारी रहने बताए ।
समितिले आवासीय चिकित्सकहरूले पारिश्रमिक भुक्तानी नहुँदासम्म आफूले प्रदान गर्दै आएको सेवाहरू बहिष्कार गर्ने जनाएका छन् । त्यस्तै उपत्यकाभित्र माइतीघर मण्डलामा सेतो एप्रोनसहित धर्ना दिने कार्यक्रम समेत यथावत् नै राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण