विद्यालय कर्मचारी परिषद्का पदाधिकारीलाई प्रश्न- ‘माग पुरा नभइकन आन्दोलन किन रोकियो ?’
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्को तेस्रो राष्ट्रिय सम्मेलन सकिएको छ । फागुन ८ र ९ गतेसम्म चलेको सम्मेलनमा देशभरबाट प्रतिनिधिहरू सहभागी थिए । सम्मेलनमा संगठन सुदृढिकरण, विधान संशोधन, आन्दोलन लगायतका विषयमा छलफल भएको थियो । सम्मेलनले विभिन्न निर्णय गरेको छ । सम्मेलनमा सहभागीहरूले पदाधिकारीहरूमाथि गम्भीर आरोप लगाएका थिए ।
परिषद्ले गत भदौं १ गतेदेखि सेवा सुरक्षा ग्यारेन्टी लगायतका माग अघि सारेर आन्दोलन गरेको थियो । परिषद्ले सामुदायिक विद्यालय बन्द घोषणा समेत गरेको थियो । त्यसपछि शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएको थियो । शिक्षा मन्त्रालयले उनीहरूको माग सम्बोधनका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो । अर्थमा पेश भएको फाइल अझै अड्किएर बसेको छ ।
जसले गर्दा उनीहरूको आन्दोलन निष्कर्षमा पुग्न सकेको छैन । सम्मेलनमा सहभागी प्रतिनिधिहरूले त्यही विषयमा जवाफ माग गरेका थिए । तत्कालीन सरकारसँग मिलेर आन्दोलनलाई कमजोर पार्ने पदाधिकारीहरूबाटै भएको आरोप प्रतिनिधिहरूको थियो । पदाधिकारी र प्रतिनिधिहरूबीच सवालजवाफ भएपछि हिजो राति अबेरसम्म बैठक चलेको थियो ।
‘समीक्षा बैठकमा किन उपलब्धि गर्न सक्नुभएन भन्ने विषयमा कुराहरू उठे । कतिपय साथीहरूले तत्कालीन सरकारसँग साँठगाँठ गरेर चुक्नुभयो, झुक्नुभयो सम्म भने’ एक पदाधिकारीले भने । विद्यालय कर्मचारीहरूले न्यून सेवा सुविधासहित काम गर्दै आएका छन् । देशभर रहेका ४० हजार भन्दा बढी विद्यालय कर्मचारीहरू (लेखापाल र कार्यालय सहयोगी) ले सरकारले तोकेको न्यूनतम पारिश्रमिक समेत नपाउने अवस्था छ । उनीहरूले सरकारलाई निजामति कर्मचारीले पाउने सेवा सुविधा पाउनुपर्ने, सेवा सुरक्षाको ग्यारेन्टी गरेर एकपटक प्रक्रिया पुरा गरेर स्थायी गराउनुपर्ने लगायतमा माग अघि सार्दै आएका छन् ।
सम्मेलनबाट सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । अहिले राष्ट्रपति निर्वाचन लगायतका विषयमा सरकार र राजनीतिक दलहरू व्यस्त छन् । जसले गर्दा उनीहरूले यो सकिएपछि मात्रै फरक ढंगबाट आन्दोलन गरेर अगाडि बढ्ने विषयमा छलफल भएको परिषद्का महासचिव शान्तिनाथ योगीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण