धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सम्बन्धबिच्छेद गरेको धवल शमशेर राणा समूह र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियान मिलेर नयाँ राजनीतिक पार्टी घोषणाको तयारी तीव्र पारेका छन्।
- नयाँ पार्टीको सांगठनिक नेतृत्व धवल शमशेर राणाले गर्ने र अभियानका संयोजक दुर्गा प्रसाईंलाई पार्टीको ‘सर्वमान्य नेता’ का रूपमा अगाडि सार्ने समझदारी भएको छ।
- सम्भवतः आगामी असारको पहिलो साताभित्र नयाँ पार्टीले औपचारिक आकार लिइसक्नेछ।
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सम्बन्धबिच्छेद गरेको धवल शमशेर राणा समूह र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियान मिलेर नयाँ राजनीतिक पार्टी घोषणाको तयारी तीव्र पारेका छन्।
‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईं र राणा समूहबिच नयाँ दल निर्माणका लागि भइरहेको पूर्व–तयारीबारे जानकारी गराउन आइतबार पत्रकार सम्मेलनको आयोजना गरिएको छ।
नेताहरूका अनुसार सम्भवतः आगामी असारको पहिलो साताभित्र नयाँ पार्टीले औपचारिक आकार लिइसक्नेछ। नयाँ पार्टी निर्माणको गृहकार्य तीव्र गतिमा भइरहेका बेला पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि प्रारम्भिक समझदारी बनिसकेको छ।
पूर्वमन्त्री समेत रहेका नेता दिलनाथ गिरीका अनुसार नयाँ पार्टीको सांगठनिक नेतृत्व धवल शमशेर राणाले गर्ने सहमति भएको छ। त्यसैगरी, अभियानका संयोजक दुर्गा प्रसाईंलाई भने पार्टीको ‘सर्वमान्य नेता’ का रूपमा अगाडि सार्ने समझदारी दुई पक्षबिच भएको छ।
राप्रपाबाट अलग भएको समूह र हिन्दु राष्ट्र एवं राजसंस्थाको एजेन्डा बोकेर सडक आन्दोलन गरिरहेको प्रसाईंको महाअभियान एक ठाउँमा उभिएर नयाँ दल घोषणा गर्न लागेपछि राजनीतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ।
_UDfFseVVPQ.jpg)
_y126FzC4NT.jpg)
_TNKL7F3FM0.jpg)
_RsEeT8cT1X.jpg)
_cZ141sR4Mo.jpg)
_nSyI815Jkd.jpg)
_uYM2URuCZ0.jpg)
_tGTkhwcseS.jpg)
_nFPn5K3wtI.jpg)
_Cm07foXLY6.jpg)
_CLRqcqRcy2.jpg)
_4ty6Cj5Sk1.jpg)
_3PBSQe3Pd4.jpg)
_9jRN68be6e.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण