लन्डनस्थित अमेरिकी दूतावास नियमित लयमा फर्कियो
बुधबार, १० फागुन २०७९, २१ : २२

लन्डन । दूतावास भवन बाहिर फेला परेको शङ्कास्पद वस्तुलाई लिएर झूटो सुरक्षा डरले लन्डनस्थित अमेरिकी दूतावास केही समय तालाबन्दी गरिएको थियो ।
तर बुधबारदेखि शङ्कास्पद सुरक्षा जोखिमलाई सामान्यीकरण गर्दै दूतावास पुरानै लयमा आफ्नो नियमित काममा फर्किएको छ ।
'स्थानीय अधिकारीहरूले दूतावासबाहिर एउटा शङ्कास्पद वस्तुको अनुसन्धानपश्चात् त्यसलाई हटाएका छन्' लन्डनस्थित अमेरिकी दूतावासले ट्वीट गरेको छ।
यसैबीच अमेरिकी दूतावासले लन्डनको मेट्रोपोलिटन प्रहरीलाई छिटो अनुसन्धान सम्पन्न गरेकामा धन्यवाद समेत व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुङ्गेलको अध्यक्षतामा २७ सदस्यीय लोकतान्त्रिक ब्याडमिन्टन सङ्घ गठन
-
‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’
-
वैदेशिक रोजगार विभागका महानिर्देशकलाई गणतान्त्रिक मञ्चको ध्यानाकर्षण
-
प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?
-
चौसट्ठी वर्षमा पनि जाँगरिला ‘युक्ति’
-
गभर्नर नियुक्तिबारे प्रभु साहले उठाए प्रश्न