अन्तर्राष्ट्रिय उडानका लागि खुला
काठमाडौँ । गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि प्रविधिमा आधारित उडान–अवतरण (इन्स्ट्रुमेन्टल फ्लाइट रुल, आईएफआर) उडान सुरु हुने भएको छ ।
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण भए पनि हालसम्म यो विमानस्थलमा आँखाले हेरेको आधारमा गरिने उडान (भिजबल फ्लाइट रुल, भीएफआर) हुँदै आएको छ । आईएफआर प्रणाली सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानको पनि बाटो खुलेको छ ।
आईएफआर प्रणाली सञ्चालन हुँदा अब पोखरामा उडान अवतरणका लागि चाहिने भिजिबिलिटी ९दृश्य क्षमता० तीन हजार छ सयदेखि चार हजार मिटर भए पुग्ने पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए ।
यसअघि पोखरामा पाइलटले आँखाले आकाश र रनवे हेरेर गरिने भीएफआर उडानका लागि विमानस्थल वरपरको भिजिबिलिटी न्यूनतम पाँच किलोमिटर हुनैपर्ने प्रावधान रहेको थियो ।
उनले भने, “आईएफआर प्रणालीमा आधारित रहेर पोखरामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको बाटो खुला भएको छ । अब पोखरामा नियमित उडानका लागि चाहिने ग्राउन्ड, जहाज र पाइलटलगायतका अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएका छन् ।”
आईएफआरको सुविधाले अब पोखरा विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने र रात्रिकालीन उडानसमेत हुने उनले बताए । उनले भने, “यसअघि भीएफआर प्रणालीमा आधारित रहेर पोखरामा उडान गर्दा सूर्यास्तको समय हेरेर ४ देखि ५ बजेपछि उडान बन्द हुने गरेको थियो । अब आधुनिक प्रविधिको सहायताबाट उडान सुचारु हुन लागेको छ ।”
विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि यसअघि बाधक मानिँदै आएको रिट्ठेपानी डाँडा कटानको काम जारी रहे पनि आईएफआर उडानका लागि आवश्यक डाँडा कटानको काम सकिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण
-
राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत गरिँदै
-
असार १५ : हिलो, हाँसो र आशाको पर्व
-
आयातित चामलको भरमा कति दिन चल्ला हाम्रो भान्सा ?
-
भूकम्पको पाँचौँ दिन पनि चमत्कारिक उद्धार : दुई बालकसहित ३३ जनालाई सुरक्षित निकालियो
-
उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण