स्वास्थ्य मन्त्री गिरी र डब्लुएचओका महानिर्देशक टेड्रोसबीच स्विजरल्यान्डमा भेटवार्ता
स्विजरल्याड । बिरामी सुरक्षा सम्बन्धी पाँचौँ मन्त्री स्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विजरल्यान्ड पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आफ्नो कार्यकक्षमा भेट गरेका छन् । भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको लागि धन्यवाद दिए ।
विशेष गरी खोप कार्यक्रम पोलियो लयागत खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृ शिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि धन्यवाद दिएका हुन् ।
भेटमा २०७२ सालको भूकम्प हैजा प्रकोप कोभिड महामारी र कोभिड खोप नेपालका लागि उपलब्ध पुर्याउन खेलेको भूमिकाको लागि समेत मन्त्री गिरीले धन्यवाद व्यक्त गरे ।
नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रति जैविक औषधीको प्रतिरक्षा प्रणाली लगायतका हाल भइरहेका गतिविधिहरू विस्तार र आपसी सहकार्य समन्वयमा गर्ने कुरा मन्त्री गिरीले राखेका थिए ।
विश्व स्वास्थ्य सङ्गठनका समन्वय सेन्टरहरू निर्माण र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वयनका लागि मूल क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोगका भकुराहरूका विषयमा भेटमा छलफल भएको मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण