सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सहमति बने महन्थलाई राष्ट्रपतिमा मेरो सहयोग रहन्छ : उपेन्द्र यादव

बिहीबार, ११ फागुन २०७९, १२ : १५
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । राष्ट्रपतिमा सहयोग माग्नका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जनता समाजवादी पार्टी नेपालसँग छलफल गर्ने भएको छ । 

लोसपाले राष्ट्रपतिको उम्मेदवारको रूपमा अध्यक्ष महन्थ ठाकुरलाई अघि सारेको छ । त्यसका लागि लोसपाका अध्यक्ष ठाकुरलगायतका शीर्ष नेताहरू काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली, नेकपा एकीकृत समाजवादीसँग भेटिसकेका छन् । 

आज या भोलिसम्म जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्ने लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताए । उनले भने, ‘तीन प्रमुख दलसँग छलफल भइसकेको छ, ती दलहरू सकारात्मक छन्, फागुन १२ गतेसम्म कुनै डिसिजन सुनाउने उहाँहरूले भन्नुभएको छ । हेरौँ भोलिसम्म कस्तो प्रतिक्रिया आउँछ ।’ 

जसपाका अध्यक्ष यादवसँग यसअघि पनि केही नेताहरूले प्रारम्भिक छलफल गरिसकेको र अब शीर्ष तहमै औपचारिक छलफल गर्ने तयारी भइरहेको उनले बताए । 

जसपा अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष ठाकुरलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको नेताहरू बताउँछन् । लोसपा स्रोतका अनुसार अध्यक्ष ठाकुरलाई राष्ट्रपति बनाउने सहमति भए आफूले सहयोग गर्ने आश्वासन यादवले दिएका छ । ‘मैले एक्लैले समर्थन गरेर मात्र अध्यक्ष ठाकुर राष्ट्रपति बन्ने होइन । राष्ट्रिय सहमति बन्यो भने आफू पछाडि हट्दिनँ,’ उपेन्द्रको भनाई उद्धृत गर्दै स्रोतले जनाएको छ । 

जसपा अध्यक्ष यादवलाई भेट्न गएका नेताहरूलाई यादवलाई भनेका थिए, ‘मैले त महन्थजीलाई प्रधानमन्त्री नै बनाउन खोजेको थिएँ । तर उहाँ अर्कैतिर लाग्नुभयो अहिले पनि उहाँलाई राष्ट्रपति बनाउने सहमति बन्यो भने मेरो सहयोग रहन्छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप