राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा चयन गर्नुपर्छ : नेता शर्मा

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राष्ट्रपति चयनका लागि दलहरुबीच भइरहेको छलफलप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका उपमहासचिव शर्माले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी जस्तो गरेर छलफल अघि बढाउनु दुखद् भएको समेत बताएका हुन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान समेत राखे । जनताले तानातानका लागि नभई सहकार्यका साथ मुलुकलाई अघि बढाउने गरी मत दिएको उल्लेख गर्दै उनले सोही मतको सम्मान गर्दै सहमतिको आधारमा राष्ट्रपति चयन गर्ने काममा एकताबद्ध हुन सरकार, सबै राजनीतिक दल र सांसदहरूलाई आग्रह समेत गरे ।
उपमहासचिव शर्माले राजनीतिक दलहरूले राष्ट्रिय सहमतिका साथ उत्पादन वृद्धि, रोजगारीको अवसर सृजना गरी मुलुकलाई समृद्ध बनाउने महाअभियानमा जुट्नुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
-
प्रधानमन्त्री आफैँ ऐन महर बचाउन लाग्नु भएको छ : रश्मिला धामी
-
नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा रक्तदान
-
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने शिक्षकविरूद्ध विशेष अदालतमा आरोपपत्र दायर
-
निगमले अझै तिरेन वाइडबडी र न्यारोबडी जहाज खरिद गर्दाको १९ अर्ब ३९ करोड ऋण
-
सगरमाथा संवादबारे सोनिया मुर्शिदलाई जानकारी