डढेलोको जोखिम ‘१० गुणा बढी’
काठमाडौं । सन् २०२१ को डढेलोलाई सन् २००२ पछिको डरलाग्दो मानिएको एक अध्ययनले देखाएको छ। ‘एम्प्लिफाइड ड्राउट ट्रेन्ड इन नेपाल इन्क्रिज द पोटेन्सियल फर हिमालयन वाइल्ड फायर’ नामक अध्ययनले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि बढेसँगै संसारभरी नै डढेलोको घटना बढेको देखाउँछ। उक्त अध्ययन त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले ताइवान, जर्मनी र अमेरिकी विश्वविद्यालयका अनुसन्धानकर्ताहरूसँग मिलेर गरेका हुन्।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२१ मा ६ हजार ५३७ वटा डढेलोको घटना भएका थिए। त्यतिबेला काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एकयूआई) को मात्रा ६३२ थियो। जुन विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले तोकेभन्दा बीसौं गुणा बढी हो। शून्यदेखि ५० एकयूआईलाई स्वस्थ्य मानिन्छ ।
शून्यदेखि ५० एक्यूआईलाई स्वथ्य र १५० माथिलाई अस्वथ्य। २ सयसम्म पुगेपछि संवेदनशील समूहलाई असर गर्छ। ३ सय एकयूआई सबैका लागि जोखिमयुक्त तथा आपतकालीन मानिने विज्ञहरूले बताएका छन्। सन् २०१६ र २००९ मा पनि अत्यधिक डढेलोको घटना भएको सो अध्ययनले देखाएको छ। प्रदूषणको तह खतराभन्दा माथि पुगेपछि सन् २०२१ को मार्च अन्तिम साता सरकारले ३ दिन विद्यालय बन्दको घोषणा गरेको थियो।
काठमाडौं बाहिर लागेको सक्रिय डढेलोले उपत्यकामा प्रदूषणको तह उच्च बिन्दुमा पुगेको थियो। बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको थियो। यो वर्ष पनि सन् २०२१ को जस्तै घटना दोहोरिन सक्ने देखिएको डा।पोखरेलले जनाए। उनले भने ‘सन् २०२१ को जतिकै सुक्खा छ। तापक्रम वृद्धि पनि त्यस्तै छ। यस्तै सुक्खा रहिरहे २०२१ जस्तै हुने देखिएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय सवारी साधनलाई दुःख दिने तीन जना बिचौलिया पक्राउ
-
बागमती नदीमा डुबेर दुई बालकको मृत्यु
-
विश्वकप नकआउट समीकरण : कसलाई सहज, कसलाई सकस ? (भिडियो)
-
बजेट संशोधन नगरे फेल गर्ने चेनावनी, दबाबमा कोशीका मुख्यमन्त्री
-
संरचनात्मक लाभांश : सामाजिक न्यायको एउटा नयाँ दृष्टि
-
‘होम मिनिस्टर’ टिमको सदस्य हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्ने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण