आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
सुरक्षा/अपराध

‘होम मिनिस्टर’ टिमको सदस्य हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्ने युवक पक्राउ

आइतबार, १४ असार २०८३, १९ : ०९
आइतबार, १४ असार २०८३

सारांश

  • गृहमन्त्रीको सचिवालय सदस्य भएको दाबी गर्ने एक युवक पक्राउ परेका छन्।
  • ती युवकले प्रहरी युनिटहरूमा अनावश्यक पहुँच राखेर बिचौलियाको भूमिका खेलेको आरोप छ।
  • प्रहरीले उनलाई काठमाडौँ परिसरको हिरासतमा राखी अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको सचिवालय टिमको ‘सदस्य हुँ’ भन्दै प्रहरीका युनिटहरूमा अनावश्यक पहुँच राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोटेश्वरको खरिबोट बस्दै आएका सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–२ का ३० वर्षीय आदित्य सिंह छन् । आइतबार कोटेश्वर क्षेत्रबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

सिंहले आफूलाई गृहमन्त्री गुरुङको सचिवालयको टिमको सदस्य हुँ भनेर परिचय दिने गरेका थिए । उच्च प्रहरी अधिकृतलाई समेत उनले सचिवालय सदस्यको हैसियतमा फोन गर्ने गरेको भेटिएको छ ।

काठमाडौँ र ललितपुरका प्रहरी युनिटहरूमा उनले प्रहरीलाई अनावश्यक दबाब दिएर ‘बिचौलिया’को भूमिका खेल्ने गरेको प्रहरी अधिकृतहरू बताउँछन् । उनलाई भद्रकाली स्थित काठमाडौँ परिसरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप