केन्द्रमा समीकरण फेरिए पनि प्रदेशमा असर गर्दैन : मुख्यमन्त्री गिरी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संसदीय व्यवस्थाको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी एमालेको ‘ग्रास रुट अभियान’अन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले राष्ट्रपति निर्वाचनका क्रममा केन्द्रमा राजनीतिक समीकरण फेरिए पनि प्रदेश सरकार फेरबदल नहुने र संसदीय व्यवस्थाको मर्म अनुसार आफूहरू अगाडि बढ्ने बताएका हुन् ।
प्रदेशसभाको ठुलो दलको हैसियतले सबै दलको सहमति र सहकार्यअन्तर्गत एमाले अगाडि बढ्ने बताउँदै मुख्यमन्त्री गिरीले संघीय सरकारमा देखिएको समस्या प्रदेश सरकारमा नदेखिने दाबीसमेत गरे ।
उनले सत्ता साझेदार दलसँगको आपसी समझदारी अनुसार अगाडि बढ्ने र सबै दलसँग सहकार्य गर्ने बताए ।
केन्द्र सरकारमा देखिएको समस्याले वामपन्थी आन्दोलनलाई कमजोर बनाएको भन्दै मुख्यमन्त्री गिरीले देशी–विदेशी शक्तिकेन्द्रको प्रभावमा परेर परिवर्तन विरोधी कार्य हुन थालेको बताए ।
जनताको माया, ममता र सद्भावबाट हुर्किएको नेकपा एमाले जनताको बिचबाट टाढा हुन थालेपछि जनतासँग पार्टीलाई जोड्न ‘मिसन ग्रास रुट’ सञ्चालन गरेको मुख्यमन्त्री गिरीको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण