आलाकार्ट प्रणाली लागू गर्ने सरकारको तयारी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण गरिने विदेशी च्यानल हेरेबापत उपभोक्ताले तिर्नुपर्ने शुल्कको सम्बन्धमा आलाकार्ट प्रणाली लागू गर्ने तयारी गरेको छ । यसले थोरै च्यानल हेर्ने नेपाली उपभोक्तालाई राहत मिल्ने र नेपालमा व्यापार गर्दै आएका विदेशी च्यानलका गतिविधिमाथि नियन्त्रण गर्न सकिने मन्त्रालयको विश्वास छ ।
मन्त्रालयले आलाकार्ट प्रणालीका लागि कानूनी व्यवस्था गर्न प्रक्रिया अघि बढाएको छ । यो प्रणाली लागू हुन ढिलाइ हुँदा विदेशी च्यानलले नेपालका सिग्नल वितरण गर्ने कम्पनीसँग अनावश्यक सम्झौता गर्ने र आफूले भनेअनुसार फाइदा उठाउन नपाए एकपक्षीय रूपमा सम्झौता तोडेर अर्को कम्पनीसँग सम्झौता गर्दै आएका छन् । विनासूचना टेलिभिजनको सिग्नल बन्द गरिदिने र नेपालका व्यवसायीबीच नै सम्बन्ध बिगार्ने जस्ता काम गर्दै आएको आरोप उनीहरूमाथि लागेको छ ।
यो प्रणालीबाट नेपाली दर्शकले नहेर्ने र कम हेर्ने च्यानलका लागि पनि बढी शुल्क तिर्नुपर्ने बाध्यता हट्नेछ । पछिल्लो समय केबल टेलिभिजन सेवा प्रदायकको बजार खुम्चिँदै गएको छ । यसबाट सिग्नल वितरण गर्ने कम्पनीलाई समेत बोझ कम हुने र विदेशी स–शुल्क च्यानल प्रदायक र स्वदेशी सिग्नल वितरकसँगकोे भुक्तानीमा समेत पारदर्शिता आउनेछ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वप्रधानमन्त्रीहरूको नयाँ सन्देशदेखि प्रतिनिधिसभामा विपक्षीको प्रश्नै प्रश्नसम्म
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण