आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : पूर्वप्रधानमन्त्रीहरूको नयाँ सन्देशदेखि प्रतिनिधिसभामा विपक्षीको प्रश्नै प्रश्नसम्म

आइतबार, १४ असार २०८३, २२ : ००
आइतबार, १४ असार २०८३

सारांश

  • पूर्वप्रधानमन्त्रीहरूले लोकतान्त्रिक व्यवस्था र संविधान जोगाउन वाम एकतामा जोड दिएका छन्।
  • प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले सरकारको कार्यशैली र रास्वपामाथि प्रश्न उठाएका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो महाधिवेशनबाट स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीति अङ्गीकार गरेको छ।

आज २०८३ असार १४ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. वाम एकतामा पूर्वप्रधानमन्त्रीहरूको जोड
 नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूले गत भदौ २४ पछि मुलुकमा प्रतिगामी चलखेल बढेको भन्दै लोकतान्त्रिक व्यवस्था र संविधान जोगाउन सहकार्य हुँदै पार्टी एकतासम्म पुग्नुपर्नेमा जोड दिएका छन्। 

२. प्रतिनिधिसभा बैठकमा विपक्षीका प्रश्नै प्रश्न
एक सातापछि बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले विभिन्न विषयमा सत्तारुढ दल रास्वपा र सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । 

३.रास्वपाले अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनबाट स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीति अङ्गीकार गरेको छ । 

४. लेखकले मागे आयोगको प्रतिवेदन
 नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुसन्धान, छानबिन र निर्णय प्रक्रियासँग सम्बन्धित कागजात उपलब्ध गराउन आयोगसमक्ष निवेदन दिएका छन्।

५.मध्य असारसम्म १२ प्रतिशत मात्रै रोपाइँ
यस वर्ष मध्य असारसम्म १२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ, जुन गत वर्षको तुलनामा कम हो ।

६. श्रमिक उडाउँदा म्यानपावरले अनिवार्य अनुगमन गर्नुपर्ने
वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षाका लागि सरकारले नयाँ नीति ल्याएको छ, जसअनुसार अब म्यानपावर कम्पनीहरूले विदेश पठाएका श्रमिकको नियमित अनुगमन गर्नुपर्नेछ।

७. चिनियाँ विमान खरिद प्रकरण
 नेपाल वायुसेवा निगमले खरिद गरेका चिनियाँ विमानहरूका कारण राज्यलाई अर्बौँ रुपैयाँको सार्वजनिक नोक्सानी भएको विषय सर्वोच्च अदालतमा पुगेको छ । 

८. निःशुल्क विश्वकप हेर्न खोज्दा गुम्यो २ करोड २९ लाख
फिफा विश्वकप २०२६ को लाइभ हेर्ने बहानामा सामाजिक सञ्जालबाट नेपाली नागरिकहरू ठगिएका छन् । एउटा गिरोहले फुटबलको नाममा ठगी धन्दा सञ्चालन गरेको भेटिएपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

९. भारी वर्षासँगै बाढी–पहिरोको जोखिम
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी असार १६ र १७ गते देशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि तीव्र हुने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

१०.प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित  
प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आइतबार बसेको संसद बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

यो पनि...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप