खेलकुद
यू–१९ एसिया छनोट : यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल
बिहीबार, १८ फागुन २०७९, १० : ४९
काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । अजमानको इडन ग्रार्डेन ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो । यूएईले नेपालविरुद्ध केही बेरमा बलिङ थाल्नेछ ।
लगातार चार खेलमा जित निकालेको नेपाल आजको खेलमा सहज जित निकाल्दै विश्वकपमा छनोट हुने योजनामा छ । समान चार खेल खेलेका नेपाल र यूएईको समान अङ्क छ । त्यसैले नेपाललाई आजको खेलमा जित आवश्यक छ ।
नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान, यस्तो छ भ्रमण कार्यतालिका
-
स्कटल्यान्डले निकाल्यो हाइटी विरुद्ध १–०को जीत
-
किन घट्दै छ सुनको मूल्य ?
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण