शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रविसँग मत माग्न रास्वपा कार्यालय पुगे रामचन्द्र

शुक्रबार, १९ फागुन २०७९, १८ : ०९
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदमा उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो लागि मत माग्न राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छन् । पौडेलसँग कांग्रेस नेताहरू डा। प्रकाशशरण महत, रमेश लेखक, जीपछिरिङ लामा र दीपक खड्कालगायतका नेताहरू रास्वपाको पार्टी कार्यालय पुगेका हुन् ।

पौडेलले रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतसँग भेट गरी आसन्न चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । लामिछानेसँग राष्ट्रपतिका अर्का उम्मेदवार सुवास नेम्वाङ पनि रास्वपाको पार्टी कार्यालय पुगेर मत मागिसकेका छन् ।

रास्वपा वर्तमान सरकारबाट बाहिरिए पनि विश्वासको मत भने कायम राखेको छ । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप