मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

व्यक्तिभित्र रहेको क्षमता प्रस्फुटन गर्न इटहरीमा जागरण उत्सव

आइतबार, २१ फागुन २०७९, ०७ : २६
आइतबार, २१ फागुन २०७९

विराटनगर । जीवन विज्ञान प्रतिष्ठानले प्रत्येक व्यक्तिभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै सुख, शान्ति र समृद्धिले भरिएर आनन्द दिलाउने ध्येयले शनिबार कोशी प्रदेशको इटहरीमा आध्यात्मिक जागरण कार्यक्रम गरेको छ । 

धार्मिक जागरणका अगुवा जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक एलपी भानु शर्माले मानिस खुल्ला किताब भएकाले गर्दा आफ्नो पूर्ण क्षमताका जागरण भएपछि मात्र जीवनमा पूर्णता आउने दाबी गरे । उनले जीवन विज्ञानले वैज्ञानिक आध्यात्मिक प्रयोग गरेर व्यक्तिमा परिवर्तन गरेपछि मात्र व्यक्ति, समाज र देश बन्ने दाबी गरे ।  

कार्यक्रममा हास्य कलाकार मदन कृष्ण श्रेष्ठले आध्यात्मिक जीवनको महत्त्वपूर्ण योग्यता भएकाले आध्यात्मिकता नहुँदा त मानिस राक्षस हुने बताए । सोही क्रममा हास्य कलाकार हरिवंश आचार्यले जीवन विज्ञानको अनुसरण राजनीतिक दलका नेताले गरेमा पक्कै पनि देशमा सुधार आउने आशा व्यक्त गरे । आध्यात्मिक जागरणका अभियन्ता एवम् जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक रमेश नेपालले शारीरिक र मानसिक दुवै ढङ्गले मानिस स्वास्थ्य भएर जीवन जिउन सकेमा मात्र आनन्द प्राप्ति हुने हुँदा नागरिकहरूमा सोही अनुसारको सचेतना फैलाउन पूर्वबाट अभियान थालिएको बताए । 

पछिल्लो समय अधिकतर व्यक्तिमा मानसिक तनाव छ । यसको असर सबैमा पर्छ । जसले गर्दा मानिसलाई तनाव, चिन्ता, निराशा र  अस्तव्यस्तलाई व्यवस्थापन गर्न सन्देश प्रवाह गर्न  जागरण उत्सव गरिएको जानकारी दिइयो । जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेशले आयोजना गरेको जागरण उत्सवमा नेपालसहित ५५ देशका प्रतिनिधि सहभागी भएका छन् । नेपालबाट मात्र ४० जिल्लाका प्रतिनिधि सहभागी भएका छन् । कार्यक्रम अन्तर्गत फागुन २१ र २२ गते जीवन विज्ञान प्रतिष्ठानका एक हजार एक सय ५५ जना प्रशिक्षकको जीवन विज्ञान परिषद् गरिनेछ । त्यसपछि एक सातासम्म जीवन विज्ञान प्रतिष्ठानले चक्र विज्ञानको कार्यक्रम राख्ने कोशी प्रदेश संयोजक बालिका खड्का भट्टराईले बताइन् ।

jagaran3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप