इँटाभट्टाको पानी जमेको खाडलमा डुबेर बालकको मृत्यु
रौतहट। रौतहटको बौधीमाई नगरपालिका–६ स्थित बलवान इँटा उद्योग परिसरमा पानी जमेको खाडलमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार स्थानीय दीपेन्द्र राय यादवका १० वर्षीय छोरा सुप्रित यादव सोमबार दिउँसो खाडलमा डुबेको अवस्थामा मृत फेला परेका हुन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर विश्वनाथ यादवको नेतृत्वमा अनुसन्धान टोली पनि घटनास्थल पुगेको थियो।
प्रहरीले मुचुल्का उठाउने तथा घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। बालकको मृत्युको कारण र घटनाको वास्तविक अवस्थाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
इँटाभट्टामा माटो निकाल्न खनिएका खाडल नपुरिँदा वर्षायाममा पानी जम्ने र यस्ता दुर्घटनाको जोखिम बढ्ने गरेको स्थानीयवासी बताउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उरुग्वेविरुद्ध पहिलो हाफमा साउदी अरबको १–० को अग्रता
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण