पूर्वगृहमन्त्री धर्मबहादुर थापाको अन्येष्टि
सोमबार, ०१ असार २०८३, २० : ४७
सारांश
- पूर्वगृहमन्त्री धर्मबहादुर थापाको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
- शाही शासनकालमा लोकेन्द्रबहादुर चन्दको मन्त्रिपरिषद्मा गृहमन्त्री भएका थापाको गत शुक्रबार ललितपुरमा निधन भएको थियो।
- थापाले सन् २००२ अक्टोबरदेखि २००३ अप्रिलसम्म गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए र यसअघि अञ्चलाधीश तथा गृहसचिव भइसकेका थिए।
काठमाडौँ । पूर्वगृहमन्त्री धर्मबहादुर थापाको अन्त्येष्टि गरिएको छ। आइतबार उनकाे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे हाे। शाही शासनकालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिपरिषद्मा गृहमन्त्री भएका उनको गत शुक्रबार ललितपुरमा निधन भएको थियाे।
उनले सन् २००२ अक्टोबरदेखि सन् २००३ अप्रिलसम्म गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। यसअघि आफ्नो प्रशासनिक जीवनमा थापाले विभिन्न अञ्चलमा अञ्चलाधीशका रूपमा सेवा गरेका थिए। त्यसपछि उनी गृहसचिव पदमा पनि नियुक्त भएका थिए।
लामो सार्वजनिक सेवा जीवनका क्रममा सरकारका विभिन्न महत्त्वपूर्ण पदमा कार्यरत रहेका थापा अनुभवी निजामती कर्मचारी तथा प्रशासकका रूपमा परिचित थिए। थापाका दुई छोरा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
-
आवासीय चिकित्सकलाई अत्यधिक समय कार्य नगराउन निर्देशन
-
पेट्रोलको मूल्य स्थिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण