कोशीको बजेट दिशाहीन छ : आङ्बो
सारांश
- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले कुनै प्राथमिकता निर्धारण गर्न नसकेको विपक्षी दलका नेता आङ्बोले बताएका छन् ।
- आङ्बोले बजेट शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार वा कानुन निर्माणमध्ये कुनै एकमा स्पष्ट नभएको र दिशाहीन रहेको टिप्पणी गरे ।
- उनले बजेटले निजी क्षेत्रलाई विश्वासमा लिने कार्यक्रम नभएको, ५ प्रतिशत आर्थिक वृद्धि दर हासिल हुने सम्भावना नरहेको र ४० अर्बको बजेटमध्ये ३० अर्ब पनि खर्च नहुने दाबी गरे ।
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटले कुनै प्राथमिकता निर्धारण गर्न नसकेको विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताएका छन् ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले सोमबार ४० अर्ब ४४ करोड ९८ लाखको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए ।
उक्त बजेट वक्तव्यको टिप्पणी गर्दै आङ्बोले बजेट अलमलिएको बताए । ‘बजेटले कुनै पनि प्राथमिकता निर्धारण गरेको छैन। यसो हेर्दा शिक्षा स्वास्थ्य हो कि जस्तो, कृषि हो कि जस्तो, होइन पूर्वाधार हो कि जस्तो, होइन कानुन निर्माण पो हो कि जस्तो भनेर चाहिँ बजेट चाहिँ एकदमै चाहिँ अल्मलिएको छ, बजेट दिशाविहीन जस्तो छ,’ आङ्बोले भने, ‘यसले राम्रो परिणाम निकालेर हाम्रो प्रदेशको एउटा गुणात्मक विकास अगाडि बढाउँछ भन्ने जस्तो लाग्दैन।’
उनले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता नदिएको बताए । ‘अहिले रोजगारी सिर्जना गर्नको निम्ति निजी क्षेत्रको विश्वासमा लिएर जानु सक्नु पर्थ्यो । बजेटमा निजी क्षेत्रलाई विश्वासमा लिने र निजी क्षेत्रलाई परिचालन गर्ने खालको कार्यक्रम छैन। त्यसकारणले यो बजेटले अपेक्षित सफलता र अपेक्षित परिणाम निकाल्दैन भन्ने निष्कर्ष छ,’ आङ्बोले भने ।
उनले बजेटले ५ प्रतिशतको आर्थिक वृद्धि दर हासिल हुने भने पनि कुनै सम्भावना नरहेको बताए । ‘५ प्रतिशतको आर्थिक वृद्धि दर भन्ने कुनै पनि सम्भावना छैन। दोस्रो कुरा यसपालि ३६ अर्ब बजेट छुट्याउँदा खेरि अहिलेसम्म जम्मा ४५ प्रतिशत मात्रै खर्च छ । २८–३० अर्बको हाराहारीमा मात्रै प्रदेश सरकारले खर्च गर्न सक्ने देखिन्छ। साढे ४० अर्ब हाराहारीको बजेट खर्च हुनै सक्दैन,’ आङ्बोले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटअघि सुदूरकाे सत्ता गठबन्धनमा किचलो, मन्त्रिपरिषद् बैठक सुरु
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
रविलाई कानुनी राहत : अदालतले दियाे सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ताकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण