मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

स्पेसएक्सको आईपीओबाट अपेक्षाभन्दा १० अर्ब डलर बढी रकम सङ्कलन

मङ्गलबार, ०२ असार २०८३, १२ : ०२
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्राथमिक शेयर निष्कासन (आईपीओ)मार्फत प्रारम्भिक अनुमानभन्दा थप १० अर्ब अमेरिकी डलर उठाएको छ ।
  • यससँगै कम्पनीले आइपीओबाट कुल ८५ अर्ब ७० करोड उठाएको छ ।
  • ग्रीनशु विकल्प प्रयोग गरेपछि कम्पनीले थप १० अर्ब डलर जुटाउन सफल भएको हो ।

न्युयोर्क । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले गत शुक्रबार प्राथमिक शेयर निष्कासन (आईपीओ)मार्फत प्रारम्भिक अनुमानभन्दा थप १० अर्ब अमेरिकी डलर उठाएको छ । यससँगै कम्पनीले आइपीओबाट कुल ८५ अर्ब ७० करोड उठाएको छ । 

अमेरिकी खर्बपति व्यापारी एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्स गत साता अमेरिकी शेयर परिसूचक नास्डाकमा सूचीकृत भएको थियो । त्यति बेला कम्पनीको आईपीओ इतिहासकै सबैभन्दा ठूलो आईपीओ बनेको थियो । प्रारम्भिक रूपमा कम्पनीले लगानीकर्ताबाट ७५ अर्ब डलर सङ्कलन गरेको जनाएको थियो । मस्कले कर्मचारीहरूलाई उक्त रकम कम्पनीको महत्त्वपूर्ण विस्तार चरणमा खर्च गरिने बताएका थिए ।

तर आईपीओ व्यवस्थापन गर्ने बैंकहरूले ग्रीनशु विकल्प प्रयोग गरेपछि कम्पनीले थप १० अर्ब डलर जुटाउन सफल भएको हो । स्पेसएक्सले आईपीओ प्रक्रिया सम्पन्न भएको घोषणा गर्दै सार्वजनिक गरेको विवरणमा यो अतिरिक्त रकमबारे जानकारी दिएको हो । ग्रीनशुले आईपीओप्रति अत्यधिक माग भएमा व्यवस्थापक बैंकहरूलाई प्रारम्भिक योजनाभन्दा बढी शेयर बिक्री गर्न अनुमति दिन्छ । यसले शेयर मूल्यमा अत्यधिक उतारचढाव हुन नदिई बजारमा स्थिरता कायम राख्न मद्दत गर्छ ।

स्पेसएक्सको आईपीओमा लगानीकर्ताको रुचि अत्यन्त उच्च रहेकाले व्यवस्थापक बैंकहरूले यो विकल्प पूर्ण रूपमा प्रयोग गरेका थिए । आईपीओको नेतृत्व गर्ने गोल्डम्यान स्याक्स, बैंक अफ अमेरिका र जेपी मोर्गन लगायतका बैंकहरूले कम्पनीबाट थप ८ करोड ३३ लाख शेयर खरिद गरी बजारको उच्च माग पूरा गरेका थिए । रमाइलो कुरा के छ भने ग्रीनशु विकल्पमार्फत उठेको अतिरिक्त १० अर्ब डलर विश्वका सबैभन्दा ठूला आईपीओहरूमध्ये एक मानिने स्तरको रकम हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप