टाटा जेन्यूइन पार्ट्स र आयल मूल्यमा भारी छुट
काठमाडौँ । होलीको अवसरमा सिप्रदी ट्रेडिङ्गले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि मेघा होली क्याम्पको आयोजना गरेको छ । फागुन १७ गते सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बावु श्रेष्ठ ले एक विशेष समारोहबीच उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए ।
सो अवसरमा श्रेष्ठले ग्राहकवर्गको चाहना, आवश्यकता र हालको परिस्थितिलाई मध्यनजर गरी टाटा कमर्सियल गाडीहरुको संचालन खर्चलाई न्यूनीकरण गर्ने उद्देश्यले सिप्रदीले गुणस्तरीय सेवाको साथमा टाटा जेन्यूइन पार्ट्स तथा टाटा जेन्यूइन आयलको मूल्यमा भारी छुट सुविधा प्रदान गरेको भन्दै उक्त सुविधाको भरपुर फाइदा उठाउन ग्राहकवर्गमा अनुरोध गरे ।
यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको निःशुल्क बम्पर टु बम्पर चेक जाँच, टाटा जेन्यूइन पार्ट्समा १५% देखि २२% सम्मको छुट दिइनेछ । यस्तै टाटा जेन्यूइन आयलमा २५% छुट, सर्भिस वुकिङ्ग गरेर आउने गाडीहरुलाई लेवर चार्जमा ५०% छुट र निःशुल्क वासिङ्ग सुविधा र क्याम्पमा सहभागी हुने ग्राहकहरुका लागि अर्को चोटिका लागि पनि उहि छुट सुविधा भएको सर्भिस छुट कुपनको साथमा भाग्यशालि ३ जान ग्राहकहरुलाई स्र्माट फोन जित्ने सुवर्ण अवसर पनि प्रदान गरेको कम्पनीको भनाइ छ ।
सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरुमा फागुन १७ देखि २१ गते सम्म उक्त क्याम्प संचालनमा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण