पोखराको व्यस्त चोकमा दुई नयाँ पुल बन्दै
पोखरा । पृथ्वीचोकस्थित सेती नदी माथिको पुल दुई लेनको मात्रै छ । पोखरा महानगरपालिकाको १० र ८ वडालाई जोडेको यो पुलले खासमा दुई वडालाई मात्रै जोड्दैन, समग्र पोखरालाई जोड्छ । सिंगो पोखरालाई बीचबाट चिरेको सेती नदीमाथिको पुल पृथ्वी राजमार्गको महत्वपूर्ण सेतु पनि हो, जसले राजधानी काठमाडौंसम्मको गन्तव्यलाई सहज बनाउँछ ।
पोखराको मुख्य बजार क्षेत्र रहेको पश्चिमी भाग र विस्तारै वामे सरिरहेको पूर्वी भागलाई जोड्ने यो पुल निकै साँघुरो छ, त्यसैले पछिल्लो समय निकै ट्राफिक जामसमेत हुन्छ । त्यसमाथि झन् पूर्वी भागमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पुललाई सवारी चाप थपिएको छ ।
पुल फराकिलो नहुँदा दुर्घटनाको जोखिम बढ्दो छ । साँघुरो पुलकै कारणले यहाँ धेरै दुर्घटना भएर मानिसहरुको मृत्युसमेत भएका छन् । माघ २६ गते पनि सोही पुल नजिकै स्कुटर अनियन्त्रित भई पल्टिँदा स्कुटर चालक एक महिलाको मृत्यु भएको थियो ।
‘चाइना पुल’ले परिचित यो पुल बाटो अनुसारको फराकिलो नहुँदा ट्राफिक जाम बढ्दो छ । यसमाथि मुग्लिनदेखि पोखरासम्मको सडक ४ लेनमा विस्तार हुँदैछ । पोखरा भित्रिने मुख्य नाका ‘चाइना पुल’को विकल्प अब के होला भन्ने बहस सुरु भइरहेका बेला नयाँ डिजाइनका दुईवटा पक्की पुल निर्माणको तयारी थालिएको हो । कम्पनीका प्रतिनिधि सुदर्शन देवकोटाकाअनुसार पृथ्वीचोकमा दुईवटा पुल बन्न लागेका छन् ।
पुल बनाउन पोखरा रंगशालाको दक्षिण–उत्तरतर्फको क्षेत्रमा अस्थायी क्याम्प सुरु गरिएको छ । निर्माण सामग्री, फेब्रिकेसन र कंक्रिटका सामानहरु जुटाउने काम जारी छ । निर्माणको जिम्मा पाएको रसुवा कन्स्ट्रक्सन कम्पनीले पुल निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।
पुरानो पुलका दायाँबायाँ १/१ वटा पुल निर्माण हुन लागेको देवकोटाले बताए । आजभन्दा ६ महिना अघि पुल निर्माण अगाडि बढाउन डिजाइन थालिएको थियो । ‘यहाँ कसरी पुल निर्माण गर्ने भन्ने कुरा ६ महिना अघि सुरु भएको थियो । अहिलेमात्र डिजाइन फाइनल भएको हो । यहाँ बन्ने पुल पोखरामा भइरहेका भन्दा फरक हुन्छन्,’ उनले भने, ‘१४० मिटरको स्पाम, २५÷२५ मिटर फुटपाथसहितको पुल १९० मिटरको हुनेछ ।’
अहिलेको पुल ०५५ सालमा बनेको थियो । २ लेनको पुल मित्रराष्ट्र चीनको सहयोगमा बनेको थियो । २४ वर्षअघि बनेको चाइना पुल पोखराको मुख्य लाइफ लाइन पनि हो । नयाँ बन्ने दुवै पुल पुरानो पुलकै लेवलका हुनेछन् । दुवै पुल १३ मिटरका हुनेछन् । जसको जग १ सय ४० मिटर हुनेछ ।
आजभन्दा एक वर्षअघि ठेक्का सम्झौता भएको उक्त पुलको निर्माण कार्य सुरु भएको हो । उक्त पुल ०२२ को सेप्टेम्बरमा ९४ करोडमा सम्झौता भएपनि बल्ल काम सुरु भएको छ । उक्त पुल ३ वर्षभित्र बनाउने गरी सम्झौता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण