शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रङका कथा : १ अर्ब वर्ष पुरानो ब्याक्टेरियाबाट गुलाबी रङ भेटियो, रातो रङ देखेर साँढे भड्किन्छ ?

सोमबार, २२ फागुन २०७९, ०९ : १०
सोमबार, २२ फागुन २०७९

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसीयालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिस राग परित्याग गरी प्रेम भाव र आत्मीयताका साथ आफन्तजन एवं साथी सङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहेको छ । यसैलाई होलीको नाम दिइएको छ । 

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिबिम्बित गर्ने पर्वका रूपमा फागु पूर्णिमा -होली० पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

आज रङहरुको पर्व होलीको उपलक्ष्यमा रङबारे केही जानकारी लिऔँ । पहिलो पटक रङबारे कहिले पत्ता लाग्यो ? पहिलो रङ कुन थियो ? कुकुरले दूध किन सेतो देख्दैन ? साँढे रातो कपडा देखेर किन भड्किन्छ ? 

आज यी प्रश्नको जवाफबारे जानकारी लिऔँ । 

मानिसको आँखाले एक करोड वटा रङ देख्न सक्छ

मानिसको आँखामा रेटिनाभित्र प्रकाशको पहिचान र त्यसमा प्रतिक्रिया गर्नका लागि रड र कोन नामका दुई सेल्स हुन्छन् । प्रकाश परेपछि सक्रिय हुने यी दुवै सेल्सलाई सामान्य भाषामा फोटोरिसेप्टर भनिन्छ । रड सेल्स कम प्रकाशमा सक्रिय हुन्छ, यस्तै कोन सेल्स बढी प्रकाशमा सक्रिय हुन्छ । 

एक सामान्य मानिसको आँखामा करिब ६० लाख कोन सेल्स र एक करोड १० लाख रड सेल्स हुन्छन् । कोन सेल्समा फोटो पिगमेन्ट्स अर्थात् रङको पहिचान गर्ने मोलिक्युल हुन्छ । यो मोलिक्युल तीन प्रकारका हुन्छन् – रातो, हरियो र निलो ।

यहि कारण हो कि मानिसको आँखाले रातो, हरियो, निलो र यी तीन रङबाट बन्ने करिब एक करोड रङको पहिचान गर्न सक्छ । 

उदाहरणका लागि एउटा पाकेको कागती लिनुहोस् जुन पहेँलो देखिन्छ । यसको अर्थ यो हो कि कागतीले पहेँलो रङबाहेक अरू सबै रङलाई अब्जर्ब गरेको छ । पहेँलो रङ रिफ्लेक्ट भएर तपाईंको आँखामा पुग्ने बित्तिकै कोन सेलमा भएको रेड र ग्रीन मोलिक्युल सक्रिय हुन्छन् । यो यस कारण किनभने रातो र हरियो रङ मिलेर नै पहेँलो रङ बन्छ । यो पिगमेन्ट्स नसामार्फत सन्देश दिमागसम्म पुग्ने गर्छ र तपाईँले कागतीको रङ पहेँलो देख्नुहुन्छ । 

चार रङबाट मिलेर बने अरू रङ

२३५२ वर्ष अघि ग्रीकका दार्शनिक अरस्तुले विश्वमा पहिलो कलर थ्योरी दिएका थिए । उनले रङ आकाशीय किरण अर्थात् प्रकाशमार्फत भगवानले पठाएका हुन् जसको सम्बन्ध पृथ्वी, अग्नि, जल र वायुसँग भएको बताएका थिए । 

रङका लागि लाइट र प्रिज्मसँग प्रयोग पछि दोस्रो थ्योरी १६६० मा आइज्याक न्युटनले दिएका थिए । 

१७०४ मा आफ्नो किताब अप्टिक्समा उनले सूर्यको किरण ७ रङबाट मिलेर बनेको हुन्छ भनेका थिए । 

१७२२ मा जर्मनीका पेन्टर ज्याकब क्रिस्टोफ ले ब्लोनले आफ्नो किताब हार्मोनी अफ कलरिङ इन पेन्टिङमा रङलाई विभिन्न श्रेणीमा बाँडे ।

मोर्डन पेन्टिङमा प्राइमरी कलर्सलाई दुई भागमा बाँडिएको छ । पहिलो आरजीबी – अर्थात् रेड, ग्रिन र ब्लु । यसलाई एडिटिभ प्राइमरी कलर भनिन्छ जुन मिलेर सेतो रङ बन्छ ।

दोस्रो – आरवाईबी अर्थात् रेड, येलो र ब्लु । यसलाई सबट्रेक्टिभ प्राइमरी रङ भनिन्छ अर्थात् जुन मिलेर कालो रङ बन्छ । 

कुकुरले कसरी देख्छ ?

मानिसभन्दा भिन्न कुकुरको कोन सेल्समा रङ पहिचान गर्न मात्रै दुई कलर मोलिक्युल हुन्छन् । यसै कारण कुकुरले पहेँलो, निलो र यी मिलेर बनेका रङ देख्न सक्छ । अर्को पटक जब तपाईँले आफ्नो कुकुरका लागि रातो वा सुन्तला रङको खेलौना किन्नुहुन्छ भने याद राख्नुहोस् कि कुकुरले यी रङ देख्न सक्दैनन् । 

कुनै जनावरले कुनै चिजको रङलाई कति टाढाबाट देख्न सक्छ भन्ने कुरा त्यो रङ कति संवेदनशील छ र दिमागले कति सजिलै त्यसको पहिचान गर्न सक्छ । 

दुई कलर मोलिक्युल भएका कारण कुकुर मानिसको तुलनामा कम रङको पहिचान गर्न सक्छ । 

साँढे रातो कपडा देखेर किन भड्किन्छ ?

साँढे रातो कपडा देखेर भड्किन्छ भनेर धेरैले भन्ने गर्छन् तर लाइभ साइन्सका अनुसार यो एउटा भ्रम हो । वास्तवमा साँढे वा अन्य सबै जनावरहरूमा रेड कलर ब्लाइन्डनेस हुन्छ अर्थात् उनीहरुले रातो रङ नै देख्दैनन् । उनीहरुले रातो रङलाई पहेँलो वा खैरो रङको देख्छन् । वास्तवमा, रातो रङको कपडा जब लगातार साँढेको अगाडि हल्लाइन्छ तब साँढे भड्किन सक्छ । 

विश्वको सबैभन्दा पुरानो रङ – गुलाबी

वैज्ञानिकले सहारा मरुभूमिको मुनी चट्टानमा संरक्षित करिब १ अर्ब वर्ष पुरानो ब्याक्टेरियाको जीवाश्म भेटे । यसको अनुसन्धान गर्दा यो जीवाश्म चम्किलो गुलाबी रङको भेटियो र यो नै कुनै जीवबाट बनेको संसारको सबैभन्दा पुरानो ज्ञात रङ हो । 

कुनै आर्टमा प्रयोग पहिलो रङ रातो थियो जसको प्रयोग गुफा चित्रमा सुन्तले रङका लाइन र त्रिकोण बनाउन भयो ।

करिब ३० हजार वर्ष पुरानो मध्य प्रदेशको भीम बेटका रक शेल्टर्समा पनि सबैभन्दा धेरै सुन्तले रङको चित्र देखिएको थियो ।

अल्टामिरा, स्पेनको गुफाको भित्तामा बनेका करिब १३ हजार वर्ष पुरानो गुफा पेन्टिङको रङ पनि रातो हो । 

पहेँलो रङको प्रयोग करिब १७ हजार वर्ष अघिको गुफा चित्रमा देखिएको छ जुन प्राचीन रोम र इजिप्टमा निकै प्रचलित थिए । 

निलो रङको प्रयोग करिब ६ हजार वर्ष अघि इजिप्टका मानिसहरूले सुरु गरे । उनीहरुले क्याल्सियम र चुना पत्थरमा ल्यापिस पत्थर मिलाएर निलो रङ बनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप