मुलुकलाई साढे २० खर्ब ऋणको भार
काठमाडौँ । मुलुकको सार्वजनिक ऋण बर्सेनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघसम्म सरकारलाई ऋणको दायित्व करिब साढे २० खर्ब रूपैयाँ पुगेको हो । ऋणको दायित्व बढ्दै गएपछि मुलुकको अर्थतन्त्रमा चुनौती थपिएको विज्ञले बताएका छन् ।
असारयता सात महिनाको अवधिमा सार्वजनिक ऋण करिब ३२ अर्ब रुपैयाँ बढेको छ । माघ मसान्तसम्म सरकारको ऋण बढेर २० खर्ब ४३ अर्ब ३३ करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यसमा आन्तरिक ऋण ९ खर्ब ९६ अर्ब रुपैयाँ र वैदेशिक ऋण १० खर्ब ४७ अर्ब ३१ करोड रुपैयाँ छ । गत असार मसान्तसम्म ऋण २० खर्ब १३ अर्ब २ ९ करोड रुपैयाँ थियो । ब्याजदर वृद्धि, नेपाली मुद्राको अवमूल्यन भएका कारण ऋण बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले बताए । पुनर्निर्माणका लागि सरकारले धेरै ऋण लियो,' गिरीले भने, 'केही वर्ष ऋण अझै बढ्ने देखिन्छ ।' आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण