शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारले तत्काल कठोर निर्णय गर्नुपर्छः महामन्त्री थापा

बुधबार, २४ फागुन २०७९, ११ : ४२
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने बताएका छन् । मंगलवार नेपाली काँग्रेसले काठमाडौंमा नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले सरकार र संसदले अर्थतन्त्र सुधार गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्दा केही कठोर निर्णयसमेत गर्नुपर्ने बताए । 

उनले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल केही महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको बताए । उनले नेपाली काँग्रेस सरकारमा गएसँगै अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि तत्काल सुधारका योजना अविलम्व अघि सार्ने व्यवसायीहरु सामु प्रतिवद्धता गरे । 

उनले मुलुकमा वार्षिक १८ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने स्थिति नआउनु राम्रो संकेत नभएको बताए ।  महामन्त्री थापाले आर्थिक विकासका लागि संरचनागत सुधार आवश्यक रहेको बताए । उनले अर्थतन्त्रको संरचनागत सुधारमा नेपाली काँग्रेस केन्द्रित भएर आर्थिक चक्रमा देखिएको समस्या समाधान गर्न इमान्दार प्रयत्न गर्ने उल्लेख गरे । उनले अर्थतन्त्र बिग्रियो भनेर अहिलेजस्तो गुनासो पहिला कहिल्यै सुनिएको बताउँदै संसदमा प्रधानमन्त्रीदेखि संसदहरु समेतले अर्थतन्त्रमा संकट छ भन्ने गरेको बताए । 

उनले भने, ‘हाम्रो अर्थतन्त्रको एउटा खालको संरचना रहेको छ । सबल पक्ष र दुलर्वपक्षहरु पनि रहेका छन् । १९९८बाट अर्थतन्त्र बिस्तारै खुला हुन थालेपछि १९९०मा अझ खुला हुँदै गयौं । त्यो बीचमा विभिन्न आरोह अवरोह पार गर्दै आजको अवस्थामा आउँदा एउटा ढाँचाबाट चल्दै आएका छौं । संरचनागत समस्याहरु छन् । नेपालमा १८ हजार युवालाई रोजगारी सिर्जना गर्छौं । वार्षिक ५ लाख युवाहरु श्रमरोजगारको क्षेत्रमा आउँछन् । लाखौं युवाहरु विदेशमा गएका छन् । विदेशमा गएर युवाहरुले पठाएको रेमिट्यान्सबाट आयात गर्ने,सरकारी खर्च गर्न समेत रेमिट्यान्सबाट गर्नुपर्ने संरचना छ । अर्थतन्त्रको संरचना परिवर्तन नगरी कुनै न कुनै समयमा अर्थतन्त्र थला पर्छ । मुलुकको अर्थतन्त्रमा अहिले ज्वरो आइरहेको छ । चालु खर्च गर्न समेत नसकेको अर्थमन्त्रालयमा सबै कुराहरु अड्केर बसेको छ । अबको सरकारले यो विषयमा ध्यान दिएर काम गर्नुपर्ने छ । अर्थतन्त्रको तथ्याङ्क हेर्दा बाटोमा बसेर कराईहाल्नुपर्ने अवस्था छैन । पछिल्लो समय अर्थतन्त्रका सन्र्दभमा संसदमा प्रधानमन्त्रीदेखि सांसदहरु समेतले अर्थतन्त्र संकटमा छ भन्ने गरेका छन् । अब अर्थतन्त्रको संरचनागत सुधार गर्न पछाडि छोड्दै जाने हो भने अर्थतन्त्रमा समस्या आइरहन्छ । अर्थतन्त्रमा देखिएका समस्या स्मार्ट सरकारले गर्नसक्छ । सरकार स्मार्ट हुनुपर्छ । अहिलेको राजनीतिक घटनाक्रम सँगै केही दिनमा नयाँ सरकार बन्छ । सरकारले चाहेको खण्डमा अहिले चलिरहेको संसद अधिवेशनबाट नेपाल ऐनकोमार्फत २२÷२४ कानून सजिलै पास गर्नसक्छौं ।’ 

महामन्त्री थापाले अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको भन्दै अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप सङ्कटमा जाने बताए । उनले केही महत्वपूर्ण २२÷२४ वटा कानूनलाई संसद्को चालु अधिवेशनबाटै टुङ्गयाउन जरुरी रहेको भन्दै काँग्रेसले त्यसको लागि पहल गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप