म एक नारी
कपिल भट्ट
उठ्दै ब्रह्ममुर्हतमा
स्नान गरी,
आँगन बडारी,
नित्यकर्म सँगै ममताको दियो बाली
म एक नारी।
घाँस, दाउरा अनि
चौपाया मेरा साथी।
झारा, पर्म, ऐँचो पैँचो,
उकाली र ओराली
कहिल्यै नथाक्ने
समयकी पर्याय
म एक नारी।
आफू भोको रहेर
अरुको उदर भर्ने,
भोकले कहिल्यै नगल्ने
टाउको र पिठ्युँको भारीले
कत्ति पनि नथिच्चिने
वन पाखा, घाँस दाउरा
अनि स्याउला जाँदा
लागेका चोटका घाउ दर्पिदा
दुख्नु त परै जाओस्
रजश्वला हुँदाको
पीडा समेत महसुस नहुने,
म सुकुमारी,
म एक नारी।
आदर्श बुवाकी सुपुत्री अनि छोरी,
दाजुभाइहरुकी दिदी अनि बहिनी
एक पतिव्रता स्त्री अनि अर्धाङ्गिनी
सासुकी प्यारी बुहारी
अनि सृष्टिकी पालनकर्ता
एवम् स्वयम् नै प्रकृति,
म एक नारी।
म सुकुमारी,
म गृहिणी,
र, म कर्मचारी ।
म शिक्षिका,
संरक्षक अनि
सन्तोष र ममताकी खानी
तर सबैभन्दा माथि
म एक नारी ।
शुक्लाफाँटा नपा–५, कञ्चनपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण