टेबलटेनिसमा योङ्गीलाई स्वर्ण
काठमाडौँ । योङ्गी पौडेलले बृहत खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिताको गल्र्स यु–१६ सिंगल्समा बुधबार स्वर्ण जितेकी छन् ।
सातदोबाटोस्थित कराँते हलमा भएको फाइनलमा योङ्गीले अंकिता बज्राचार्यलाई ११–८, ११–९ र ११–९ को सोझो सेटमा पराजित गरिन् । एभीएमकी आस्मा पहरी र हाखा युवा क्लबकी इशानी महर्जन संयुक्त रुपमा तेस्रो भए ।
सोही स्पर्धाको ब्वाइजमा अस्मिता स्कुलका आशिष महता पहिलो, एभीएमका आरिश शाक्य दोस्रो तथा एभीएमका कुशल र जयश्नु महर्जन तेस्रो बने ।
गल्र्स यु–१२ सिंगल्समा एभीएमकी श्रृया शाक्य पहिलो, एभीएमकै अर्सना महर्जन दोस्रो तथा मार्योकी सुरमाया शाक्य र एभीएमकी निर्भी श्रेष्ठ तेस्रो बने ।
यु–१२ ब्वाइजमा इडेन गार्डेन स्कुलका रिजन शाक्य पहिलो, एभीएमका स्वर्णिम शाक्य दोस्रो तथा बसराका वचन विष्ट र सीवाइसीका निर्भाना वज्राचार्य तेस्रो भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण