अमेरिकामा निजी रोजगारीको संख्या दुई लाखभन्दा बढी वृद्धि
वासिङ्टन । अमेरिकी रोजगारीमा योगदान गर्ने एक कम्पनी (एडीपी)ले बुधबार अमेरिकी रोजगारदाताहरूले फेब्रुअरीमा आफ्नो रोजगारीको गति बढाएको जनाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई शान्त पार्ने थप प्रयासको आवश्यकता पर्नसक्ने थप सङ्केत दिँदै एडीपीले उक्त कदम चालेको बताएको छ ।
निजी क्षेत्रको रोजगारी फेब्रुअरीमा दुई लाख ४२ हजारले बढेको छ, जुन जनवरीमा संशोधित एक लाख १९ हजारको तुलनामा झन्डै दोब्बर हो र विश्लेषकहरूले अपेक्षा गरेभन्दा निकै बढी हो ।
फेडरल रिजर्भको मूल्य वृद्धिलाई नियन्त्रण गर्ने प्रयासको बाबजुद यो हालैका सूचकहरूको एक शृङ्खलाले रोजगारी वृद्धि बलियो, उपभोक्ता खर्च लचिलो र मुद्रास्फीति स्थिर रहेको जनाएको छ ।
एडीपीका प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले भने, 'हामीले रोजगारी दरमा वृद्धि देखिरहेका छौँ । यो अर्थ व्यवस्था र कामदारहरूका लागि राम्रो छ । तर तलब वृद्धि अझै पनि धेरै उच्च छ ।'
उनले भने, 'तलब वृद्धिमा सामान्य मन्दीले निकट भविष्यमा मुद्रास्फीतिलाई द्रुत गतिमा घटाउने सम्भावना छैन ।'
फेब्रुअरीमा, एक वर्ष पहिलेको तुलनामा तलब वृद्धि ७।२ प्रतिशतमा खुम्चिएको छ र रोजगारी परिवर्तन गर्ने कामदारहरूको ज्याला वृद्धि पनि १४।३ प्रतिशतमा झरेको छ । (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण