समाचार
राष्ट्रपतिमा निर्वाचित भएलगत्तै प्रमाणपत्र लिन बानेश्वर पुगे रामचन्द्र
बिहीबार, २५ फागुन २०७९, १७ : १८
१
काठमाडौँ । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै कांग्रेस नेता रामचन्द्र पौडेल संसद भवन नयाँ बानेश्वर पुगेका छन् । संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उनले संवाददाताहरुलाई कुनै प्रतिक्रिया भने दिएनन् ।
उनले प्रमाणपत्र लिएपछि मात्रै सञ्चारमाध्यमलाई प्रतिक्रिया दिने बताए । पौडेल एमालेका नेता सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
पौडेलले संघतर्फ १६९०६ र प्रदेशतर्फ १६८९६ मतभार प्राप्त गरे । जसअनुसार उनको कुल मतभार ३३८०२ रहेको छ। यसैगरी नेम्वाङले संघतर्फ ७७४२ र प्रदेशतर्फ ७७७६ गरी कुल १५५१८ मतभार प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण