किन उठ्न सकेन राजस्व ?
चालू आर्थिक वर्ष (आव) २०७९/८० मा लक्ष्यअनुसार राजस्व उठाउन सरकारलाई हम्मे पर्ने निश्चित जस्तै देखिएको छ । आवको ८ महीना बित्न लाग्दा २६ फागुनसम्म सरकारले ५ खर्ब ६७ अर्ब रुपैयाँमात्रै राजस्व उठाएको छ ।
सरकारले अहिलेसम्ममा उठाएको वार्षिक लक्ष्यको ४१ प्रतिशत राजस्व पुसभित्रै संकलन हुनुपर्थ्यो । पुससम्मको लक्ष्य फागुनसम्ममा मुश्किलले प्राप्त गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ ।
गत आव २०७८ /७९ को यही अवधिमा सरकारले ६ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । यो वार्षिक लक्ष्यको ५७ दशमलव २२ प्रतिशत थियो । आव २०७७/७८ को यही अवधिमा ५ खर्ब ६६ अर्ब रुपैयाँ (वार्षिक लक्ष्यको ५६ दशमलव शून्य ३ प्रतिशत) राजस्व उठेको थियो । आव २०७६र७७ को फागुनसम्ममा वार्षिक लक्ष्यको ५० प्रतिशतभन्दा बढी राजस्व उठेको थियो ।
अर्थतन्त्रमा देखिएको संकुचन, कोभिडको दीर्घकालीन प्रभाव, लगानी विस्तार हुन नसक्नुजस्ता कारणले राजस्व संकलन घटेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
-
‘डिजिटल सर्भिस ट्याक्स’ विवाद: युरोपबाट आउने सामानमा शतप्रतिशत कर लगाउने ट्रम्पको उद्घोष
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
-
को–को भिड्दैछन् नकआउट चरणमा ? कसको सम्भावना कति ?
-
ठुला टोलीलाई ‘अन्डरडग’को झट्का : स्पेनदेखि इंग्ल्याण्डसम्म कसरी फसे रणनीतिक जालमा?
-
चितवन राइनोजको आयोजनामा ‘राइनोज रन’ सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण