संसद आक्रमणका लागि इतिहासले ट्रम्पलाई जवाफदेही बनाउँछ : अमेरिकी पूर्व उपराष्ट्रपति
एजेन्सी । अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सले सन् २०२१ मा अमेरिकी संसद भवन (क्यापिटोल) मा भएको आक्रमणमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकाका लागि इतिहासले उनलार्इ जवाफदेही बनाउने बताएका छन् । पेन्सले सन् २०२० को चुनावको परिणाम उल्टाउने र सत्तामा टिकिरहने ट्रम्पको प्रयासलाई साथ दिन इन्कार गरेपछि विवादमा तानिएका यी पूर्व उम्मेदवारबीचको दरार लाई यो टिप्पणीले अझ फराकिलो बनाउने सम्भावना छ ।
“राष्ट्रपति ट्रम्प गलत हुनुहुन्थ्यो,” पेन्सले वासिङ्टनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने ।
उनले भने, “मलाई चुनाव उल्ट्याउने अधिकार थिएन । अनि तिनका लापरवाह शब्दहरूले मेरो परिवार र त्यस दिन क्यापिटलमा भएका सबैलाई खतरामा पार्यो । मलाई थाहा छ इतिहासले डोनाल्ड ट्रम्पलाई जवाफदेही बनाउनेछ,” पेन्सलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारमा भनिएको छ ।
सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद भवनमा आक्रमण गर्ने हजारौंमध्ये केहीले पेन्सलाई फाँसीको माग गर्दै उहाँलाई सुरक्षित स्थान खोज्न बाध्य पारेका थिए ।
ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय चुनावमा नयाँ कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् र पेन्सले उनलाई रिपब्लिकन उम्मेदवारका लागि चुनौती दिन सक्ने सङ्केत गरेका छन् ।
संगीत मनोरञ्जनको साथ गरिएको उक्त कार्यक्रममा पेन्सले सुरुमा मजाक गर्दै भने, “मैले त सन् २०२४ को राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बन्ने ट्रम्पलाई हृदयदेखि नै समर्थन गर्नेछु ।”
तर आफ्नो भाषणको अन्त्यतिर पेन्सले भने, “एउटा यस्तो विषय छ, जसबारे आफूले ठट्टा गर्नु हुँदैन ।” उनले सन्दर्भ जोड्दै भने, “जनवरी ६ मा अमेरिकी संसद ९क्यापिटोल० मा के भएको थियो भन्ने जान्न अमेरिकी जनताको अधिकार छ,” वासिङ्टन पोस्ट अखबारले उहाँको भनाइ उद्धृत गर्दै लेखेको छ ।
“तर यसमा कुनै गल्ती नगर्नुहोस्, त्यस दिन जे भयो त्यो अपमानजनक थियो, र यसलाई अन्य कुनै तरिकाले चित्रण गर्नु शालीनताको खिल्ली उडाउनु हो ।”
पेन्सले ट्रम्पलाई लक्षित गरी गरेको तीक्ष्ण टिप्पणी समारोहमा अनपेक्षित थियो ।
अमेरिकी विदेश विभागकी पूर्व अधिकारी मरियम मुजिकाले ट्वीट गर्दै भने, “डिनरमा थिएँ र माइकको भनाइले निश्चित रूपमा कोठामा रहेका सबैको ध्यान केन्द्रित गरेको कुरा म पुष्टि गर्न सक्छु ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण