काठमाडौँमा लागूऔषधसहित एक युवक पक्राउ
काठमाडौँ । लागूऔषधसहित काठमाडौँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ मा लागूऔषध ओसार पसार तथा खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३३ वर्षीय उद्धव पौडेल रहेका छन्। उनको कोठा चेक जाँच गर्दा लुकाई राखेको अवस्थामा औषधीजन्य लागूऔषध, मोबाइलहरू र नगदसमेत फेला परी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनको साथबाट ५१ ट्याब्लेट लागूऔषध, ११ थान सिरिन्ज, रेडमी मोबाइल तीन थान, वन प्लस मोबाइल एक थान, स्यामसुङ मोबाइल १० थान, भिभो मोबाइल तीन थान, वप्पो मोबाइल एक थान र आइफोन दुई थान बरामद भएको प्रहरीको भनाइ छ। यसका साथै उनको साथबाट प्रहरीले नगद २५ हजारसमेत बरामद गरेको छ।
उनीमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण