शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेलले राष्ट्रपतिको कार्यभार सम्हालेपछि गृह जिल्लावासी हर्षित

सोमबार, २९ फागुन २०७९, २२ : ०२
सोमबार, २९ फागुन २०७९

तनहुँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज कार्यभार सम्हालेपछि उनको गृह जिल्लाका बासिन्दा हर्षित भएका छन् । विकासप्रेमी नेता देशको उच्च ओहोदामा पुगेकाले विकास निर्माण कार्यले काँचुली फेर्ने विश्वाससहित जिल्लावासीले खुसी गरेका हुन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलको जन्मघर व्यास नगरपालिका–८ रिस्तीमा पर्दछ । रिस्तीमा हुर्किएका व्यक्ति राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि सबै गाउँवासीमा खुसी छाएको व्यास नगरपालिका–८ रिस्तीका स्थानीयवासी राजु गुरुङले बताए ।

एक निष्ठावान् व्यक्ति धेरै लामो राजनीतिक यात्रामा नेपालको लोकतान्त्रिक अभियान, संविधानको संरक्षण र संविधानवादका आधारभूत मूल्य मान्यताको लागि निरन्तर लडिरहने व्यक्ति भएको व्यास नगरपालिका तनहुँका प्रमुख बैकुण्ठ न्यौपानेले बताए । निष्ठाको राजनीतिले एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर मिलेको उनले बताए ।

लोकतान्त्रिक अभियान र संविधानको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाहमा उनको योगदान अतुलनीय रहेको उनले बताए ।  राष्ट्रपति पौडेलको जन्म घर हाल भग्नावशेष अवस्थामा रहेकाले त्यसको पुनःनिर्माण गरी संरक्षण गर्नुपर्नेमा स्थानीय बासिन्दाले जोड दिएका छन् । व्यास नगरपालिका–२ अमरापुरीमा पनि उनको घर छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप