पौडेलले राष्ट्रपतिको कार्यभार सम्हालेपछि गृह जिल्लावासी हर्षित
तनहुँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज कार्यभार सम्हालेपछि उनको गृह जिल्लाका बासिन्दा हर्षित भएका छन् । विकासप्रेमी नेता देशको उच्च ओहोदामा पुगेकाले विकास निर्माण कार्यले काँचुली फेर्ने विश्वाससहित जिल्लावासीले खुसी गरेका हुन् ।
नवनिर्वाचित राष्ट्रपति पौडेलको जन्मघर व्यास नगरपालिका–८ रिस्तीमा पर्दछ । रिस्तीमा हुर्किएका व्यक्ति राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि सबै गाउँवासीमा खुसी छाएको व्यास नगरपालिका–८ रिस्तीका स्थानीयवासी राजु गुरुङले बताए ।
एक निष्ठावान् व्यक्ति धेरै लामो राजनीतिक यात्रामा नेपालको लोकतान्त्रिक अभियान, संविधानको संरक्षण र संविधानवादका आधारभूत मूल्य मान्यताको लागि निरन्तर लडिरहने व्यक्ति भएको व्यास नगरपालिका तनहुँका प्रमुख बैकुण्ठ न्यौपानेले बताए । निष्ठाको राजनीतिले एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर मिलेको उनले बताए ।
लोकतान्त्रिक अभियान र संविधानको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाहमा उनको योगदान अतुलनीय रहेको उनले बताए । राष्ट्रपति पौडेलको जन्म घर हाल भग्नावशेष अवस्थामा रहेकाले त्यसको पुनःनिर्माण गरी संरक्षण गर्नुपर्नेमा स्थानीय बासिन्दाले जोड दिएका छन् । व्यास नगरपालिका–२ अमरापुरीमा पनि उनको घर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण