शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली श्रमिकको गुनासो सुन्न सभामुख दूतावासमा

मङ्गलबार, ३० फागुन २०७९, १६ : ००
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका छन् । 

मनामास्थित नेपाली दूतावासमा मंगलबार बिहान पुगेका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्थाबारे बुझेका हुन् । 

अधिकारीहरुले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको लगायतका जानकारी गराएका थिए ।

भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरुले काठमाडौँमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणा समेत राखेका थिए ।

सभामुखले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धि लगायतका विषयमा आफ्ना समकक्षीसँग कुरा राखेको जानकारी दिएका थिए । 

कार्यक्रममा नेताहरु रमेश लेखक, हितराज पाण्डे, इन्दु कडरिया लगायत उपस्थित थिए । ६ दिने भ्रमण सकेर सभामुख नेतृत्वको ९ सदस्यीय प्रतिनिधि मण्डल बिहीबार स्वदेश फर्कंदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप