शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीसँग प्रदेश प्रमुखको भेट

बुधबार, ०१ चैत २०७९, १३ : ४८
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ प्रदेशका प्रमुखले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री दाहाललाई भेट गर्न ६ वटा प्रदेशका प्रदेश प्रमुख बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले भेट गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप