राष्ट्रपति र उपराष्ट्रपतिका कारण रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन हुने सम्भावना न्यून

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर राष्ट्रपति निर्वाचनपछि खाली रहेको तनहुँ क्षेत्र नम्बर २ र उपराष्ट्रपति निर्वाचनबाट खाली हुनसक्ने निर्वाचन क्षेत्रमा वैशाख १० गते नै उपनिर्वाचन गर्न समय अभाव हुने भएको हो ।
यसअघि आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट रिक्त हुने क्षेत्रमा पनि चितवन क्षेत्र नम्बर २ का लागि तोकिएको समयमा निर्वाचन गर्न सकिने बताएको थियो ।
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पद खाली भएको छ । यस्तै शुक्रबार हुने उपराष्ट्रपतिको निर्वाचनमा यदि जनता समाजवादी पार्टीका सांसद रामसहाय प्रसाद यादव निर्वाचित भएमा बारा क्षेत्र नम्बर २ खाली हुने सम्भावना छ ।
यदि बारा क्षेत्र नम्बर २ पनि खाली भएमा तनहुँ र सो क्षेत्रमा वैशाख १० मै उपनिर्वाचन गर्न प्राविधिक रुपमा छिटो हुने भएकोले अलिपछि मात्रै मिति तोकिने सम्भावना रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले रातोपाटीलाई बताए ।
राजनीतिक दललहरुले पनि चुनावको तयारी गर्नुपर्ने भएकोले सरकारको सहमतिमा सो क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा हुने सम्भावना रहेको उनले बताए । उपराष्ट्रपति पदमा प्रतिप्रर्धामा रहेका ४ उम्मेदवार मध्ये रामसहाय मात्र प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
उनी बाहेक अन्य उम्मेदवारले चुनाव जितेको खण्डमा भने तनहुँ १ मा मात्र उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाको डढेलोले अमेरिकाको न्युयोर्कलगायतका सहर धुवाँले ढाकियो
-
१३ वर्षमै यौन दुर्व्यवहार भोगेकी सोनम
-
इच्छाकामना मन्दिर भक्तजनका लागि खुला
-
पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबी : अमेरिकासँग एलियन छ
-
कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न
-
गण्डकीमा ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गरिने