राष्ट्रपति र उपराष्ट्रपतिका कारण रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन हुने सम्भावना न्यून
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर राष्ट्रपति निर्वाचनपछि खाली रहेको तनहुँ क्षेत्र नम्बर २ र उपराष्ट्रपति निर्वाचनबाट खाली हुनसक्ने निर्वाचन क्षेत्रमा वैशाख १० गते नै उपनिर्वाचन गर्न समय अभाव हुने भएको हो ।
यसअघि आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट रिक्त हुने क्षेत्रमा पनि चितवन क्षेत्र नम्बर २ का लागि तोकिएको समयमा निर्वाचन गर्न सकिने बताएको थियो ।
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पद खाली भएको छ । यस्तै शुक्रबार हुने उपराष्ट्रपतिको निर्वाचनमा यदि जनता समाजवादी पार्टीका सांसद रामसहाय प्रसाद यादव निर्वाचित भएमा बारा क्षेत्र नम्बर २ खाली हुने सम्भावना छ ।
यदि बारा क्षेत्र नम्बर २ पनि खाली भएमा तनहुँ र सो क्षेत्रमा वैशाख १० मै उपनिर्वाचन गर्न प्राविधिक रुपमा छिटो हुने भएकोले अलिपछि मात्रै मिति तोकिने सम्भावना रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले रातोपाटीलाई बताए ।
राजनीतिक दललहरुले पनि चुनावको तयारी गर्नुपर्ने भएकोले सरकारको सहमतिमा सो क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा हुने सम्भावना रहेको उनले बताए । उपराष्ट्रपति पदमा प्रतिप्रर्धामा रहेका ४ उम्मेदवार मध्ये रामसहाय मात्र प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
उनी बाहेक अन्य उम्मेदवारले चुनाव जितेको खण्डमा भने तनहुँ १ मा मात्र उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण