आईपीयुको महासभामा सहभागी भएर सभामुख घिमिरे स्वदेश फिर्ता

काठमाडौँ । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु) को १४६ औँ महासभामा सहभागी भई सभामुख देवराज घिमिरे आज स्वदेश फर्किएका छन् । उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् ।
उनीसँगै नेपालबाट गएको ९ सदस्यीय प्रतिनिधि मण्डल पनि स्वदेश फर्किएको छ । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले महासभामा नेपालबाट ठूला मुलुकले साना मुलुकलाई हेप्ने र पक्षपात गर्ने कुराहरुमा विशेष जोड दिएको बताए । उनले जातीय, वर्गीय कुराहरूलाई नयाँ ढंगबाट लैजाने कुरामा आफूहरुले आवाज उठाएको बताए । उनले नेपालको असंलग्न परराष्ट्र नीतिका बारेमा पनि जानकारी गराएको बताए ।
सभामुख घिमिरेले सरकारले विश्वासको मत लिनु सामान्य कुरा रहेको बताए ।
त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महासभामा शान्तिपूर्ण सहअस्तित्व र समाज समावेशी गर्ने विषयलाई बढवा दिने कुरा आफूले उठाएको बताए । उनले महासभामा जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई पनि विशेष रुपमा उठाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु