आईपीयुको महासभामा सहभागी भएर सभामुख घिमिरे स्वदेश फिर्ता
काठमाडौँ । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु) को १४६ औँ महासभामा सहभागी भई सभामुख देवराज घिमिरे आज स्वदेश फर्किएका छन् । उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् ।
उनीसँगै नेपालबाट गएको ९ सदस्यीय प्रतिनिधि मण्डल पनि स्वदेश फर्किएको छ । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले महासभामा नेपालबाट ठूला मुलुकले साना मुलुकलाई हेप्ने र पक्षपात गर्ने कुराहरुमा विशेष जोड दिएको बताए । उनले जातीय, वर्गीय कुराहरूलाई नयाँ ढंगबाट लैजाने कुरामा आफूहरुले आवाज उठाएको बताए । उनले नेपालको असंलग्न परराष्ट्र नीतिका बारेमा पनि जानकारी गराएको बताए ।
सभामुख घिमिरेले सरकारले विश्वासको मत लिनु सामान्य कुरा रहेको बताए ।
त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महासभामा शान्तिपूर्ण सहअस्तित्व र समाज समावेशी गर्ने विषयलाई बढवा दिने कुरा आफूले उठाएको बताए । उनले महासभामा जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई पनि विशेष रुपमा उठाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण