मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

५ गतेको संसद् बैठकअघि कांग्रेसले निर्णय गरेर सत्तापक्षमा बस्छ : गगन थापा

शुक्रबार, ०३ चैत २०७९, १४ : ४८
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ५ गतेको संसद् बैठक अघि नेपाली कांग्रेसको बैठक बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गर्ने बताएका छन् । 

शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले संसद्को प्रतिपक्षबारे भइरहेको विवाद सुल्झाउन संसद् बैठक अघि नै कांग्रेसले निर्णय गर्नु सुल्टो बाटो हुने बताए । 

‘हामी आजको दिनसम्म प्रमुख प्रतिपक्ष दलको हैसियतमा छौं । तर, चैत ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने भन्ने भइसकेपछि त्यसभन्दा पहिल्यै हाम्रो पार्टीले निर्णय गर्नुपर्‍यो’, थापाले भने, ‘हामीले विश्वासको मत दिनेनदिने र सरकारमा जानेनजाने पनि निर्णय गर्नुपर्‍यो ।’

नेता थापाले ५ गतेको संसद् बैठक बस्नुभन्दा पहिले कांग्रेसले बैठक बसेर विश्वासको मत पनि दिने र सरकारमा पनि सहभागी हुने भन्ने निर्णय गर्नु सुल्टो बाटो हुने बताए । ‘त्यसो गरेपछि ५ गतेको बैठकमा हामीलाई सत्तापक्षमा बस्न अप्ठेरो हुँदैन । त्यसो गर्‍यो भने राजनीतिक असमझदारी पनि हुँदैन’, थापाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप