५ गतेको संसद् बैठकअघि कांग्रेसले निर्णय गरेर सत्तापक्षमा बस्छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ५ गतेको संसद् बैठक अघि नेपाली कांग्रेसको बैठक बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गर्ने बताएका छन् ।
शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले संसद्को प्रतिपक्षबारे भइरहेको विवाद सुल्झाउन संसद् बैठक अघि नै कांग्रेसले निर्णय गर्नु सुल्टो बाटो हुने बताए ।
‘हामी आजको दिनसम्म प्रमुख प्रतिपक्ष दलको हैसियतमा छौं । तर, चैत ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने भन्ने भइसकेपछि त्यसभन्दा पहिल्यै हाम्रो पार्टीले निर्णय गर्नुपर्यो’, थापाले भने, ‘हामीले विश्वासको मत दिनेनदिने र सरकारमा जानेनजाने पनि निर्णय गर्नुपर्यो ।’
नेता थापाले ५ गतेको संसद् बैठक बस्नुभन्दा पहिले कांग्रेसले बैठक बसेर विश्वासको मत पनि दिने र सरकारमा पनि सहभागी हुने भन्ने निर्णय गर्नु सुल्टो बाटो हुने बताए । ‘त्यसो गरेपछि ५ गतेको बैठकमा हामीलाई सत्तापक्षमा बस्न अप्ठेरो हुँदैन । त्यसो गर्यो भने राजनीतिक असमझदारी पनि हुँदैन’, थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण