वाईवाईद्वारा कीर्तिपुरस्थित क्रिकेट रङ्गशाला सरसफाइ
शुक्रबार, ०३ चैत २०७९, २१ : २०
काठमाडौँ । आइसीसी लिग टु अन्तर्गतको बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजित गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान पक्का गर्यो ।
मैदान भित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिति रहेको खेल पछि भएको फोहोर सफाइ गरिएको छ ।
खेलका दौरान थुप्रिएको चाउचाउका खोल, पानीका बोतल लगायतका फोहोरलाई वाईवाईले आज सफा गरेको हो । 'बनौँ आदर्श नागरिक' भन्ने नाराका साथ लामो समयदेखि सामाजिक क्रियाकलापहरू गर्दै आएको सिजी फुड्सले खेल मैदान र वरपर सरसफाइ गरी आफ्नो सामाजिक दायित्व निर्वाह गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर