ससद्लाई प्रभावकारी बनाउन मुख्य सचेतकहरुसँग सभामुखको छलफल
शनिबार, ०४ चैत २०७९, १८ : ४१
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूसँग शनिबार छलफल गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा सभामुख घिमिरेले छलफलको आयोजना गरेका हुन् । प्रतिनिधिसभाको बैठक आइतबार बस्ने कार्यसूची रहेको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सदनलाई बढीभन्दा बढी बिजनेस दिने बारेमा छलफल भएको जानकारी दिए । उनले भने, ‘अब महत्त्वपूर्ण विधेयकहरूलाई अघि बढाइनेछ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तथा सत्य निरूपण तथा मेलमिलाप आयोग, संवैधानिक परिषद्सम्बन्धी कार्यविधि, प्रतिनिधि सभाको नियमावली लगायतलाई सैद्धान्तिक छलफलमा लैजाने बारेमा छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण