मेघगर्जन र चट्याङसहित वर्षा
_ZGNWo8psUS.jpg)
काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भावका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
काठमाडौँमा आज अपराह्न हल्कादेखि मध्यम वर्षा भएको छ । प्रि– मनसुनी वर्षाले उपत्यकामा केही चिसो महसुस भएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा तीन मिलीमिटर वर्षा मापन गरिएको छ ।
आज सबैभन्दा धेरै ओखलढुङ्गामा १० मिलीमिटर वर्षा भएको छ । ताप्लेजुङमा दुई, भैरहवामा तीन, नेपालगन्जमा दुई र धनगढीमा एक मिलीमिटर वर्षा भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव पाँच र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय मिडियाले भन्यो, ‘नेपाल सीमामा कडाइ पछि अमृतपाल उत्तराखण्डबाट पञ्जाब फर्किए’
-
दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री
-
चितवन–२ मा उपनिर्वाचन लड्न एमालेले अझै भेटेन उम्मेदवार !
-
मन्त्री छान्न कांग्रेसले दियो देउवालाई जिम्मा
-
बन्दीपुर केबलकारको आइपीओ निष्कासन हुँदै
-
फिलिपिन्सको पानी जहाजमा आगो लाग्दा १२ जनाको मृत्यु