भक्तपुरमा राष्ट्रका लागि दुई घण्टे अभियान सुरु

भक्तपुर । भक्तपुरलाई सफा, सुन्दर र यहाँको नदीलाई सफा राख्ने उद्देश्यले हनुमन्ते सफाइ अभियानले राष्ट्रका लागि दुईघण्टे अभियान सुरु गरेको छ । आजबाट सुरु भएको अभियान हरेक शनिबार सञ्चालन हुने भएको छ ।
अभियानअन्तर्गत आज अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली क्षेत्रको सडक सरसफाइ गरेको हनुमन्ते सफाइ अभियानका अभियन्ता नरेश रञ्जितले जानकारी दिए ।
अभियानका प्रमुख सल्लाकार पूर्वउद्योगमन्त्री महेश बस्नेत, मध्यपुरथिमि नगरपालिका–१ का वडाध्यक्ष बाबुकाजी डङ्गोल, बागमती सफाइ अभियानका डा राजु अधिकारीलगायतको सहभागितामा सफाइ गरिएको हो ।
अभियानमा नेपाल फूलबारी, नेप्सेम्याक, दिव्यश्वरी सहयोगी हात, स्वच्छ वातावरण सञ्जाल, पातञ्जल योग समिति, वेभ ग्रेप नेपाल, दक्षिणकाली सहकारी, आस्था महिला विद्यालय, गैरसरकारी संस्था महासङ्घलगायत विभिन्न सङ्घसस्था र व्यक्तित्वहरूको सहभागिता थियो । आगामी हप्ताको शनिबार कौशलटार चोकमा सरसफाइ गरिने अभियन्ता रञ्जितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रको सम्मान बिना आर्थिक विकास असम्भव : ढकाल
-
एपीएफलाई ललितपुर मेयर्स कपको उपाधि
-
खेलकुद परिसरको पौडीपोखरी सर्वसाधारणका लागि खुला
-
पशुपतिमा धार्मिक तथा अन्य पर्यटकहरूको आकर्षण बढाउने गरी योजना थालौँ : राष्ट्रपति
-
मिलनको ‘हेरेको तिमीलाई’ मा सिम्पल र कुन्साङको अभिनय
-
रास्वपा कार्कीले दिए बारा २ को निर्वाचन संयोजकबाट राजीनामा