पहलगाम आतङ्कवादी हमला
सुदीपका परिवारसँग नेपालस्थित भारतीय राजदूतावासका प्रतिनिधिको भेट
सोमबार, २९ वैशाख २०८२, २० : ३८
काठमाडौँ । भारतको जम्मू-कश्मीरको पहलगाममा यही अप्रिल २२ गते क्रुरतापूर्वक गरिएको आतङ्कवादी हमलामा मृत्यु भएका नेपाली नागरिक स्वर्गीय सुदीप न्यौपानेको परिवारलाई नेपालस्थित भारतीय राजदूतावासको टोलीले भेटवार्ता गरेको छ ।
आतङ्कवादी हमलामा ज्यान गुमाएका न्यौपानेको परिवारलाई राजदूतावासका पदाधिकारीले आइतबार भेटवार्ता गरेका हुन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायत पदाधिकारीले भेटवार्ता गर्दै परिवारलाई सान्त्वना प्रदान गरेका हुन् ।
भेटका क्रममा राजदूत श्रीवास्तवले पहलगाम आतङ्कवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकार प्रतिबद्ध रहेको बताए । उक्त हमलामा एक नेपाली सहित २६ जनाले ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण