पहलगाम आतङ्कवादी हमला
सुदीपका परिवारसँग नेपालस्थित भारतीय राजदूतावासका प्रतिनिधिको भेट
सोमबार, २९ वैशाख २०८२, २० : ३८

काठमाडौँ । भारतको जम्मू-कश्मीरको पहलगाममा यही अप्रिल २२ गते क्रुरतापूर्वक गरिएको आतङ्कवादी हमलामा मृत्यु भएका नेपाली नागरिक स्वर्गीय सुदीप न्यौपानेको परिवारलाई नेपालस्थित भारतीय राजदूतावासको टोलीले भेटवार्ता गरेको छ ।
आतङ्कवादी हमलामा ज्यान गुमाएका न्यौपानेको परिवारलाई राजदूतावासका पदाधिकारीले आइतबार भेटवार्ता गरेका हुन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायत पदाधिकारीले भेटवार्ता गर्दै परिवारलाई सान्त्वना प्रदान गरेका हुन् ।
भेटका क्रममा राजदूत श्रीवास्तवले पहलगाम आतङ्कवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकार प्रतिबद्ध रहेको बताए । उक्त हमलामा एक नेपाली सहित २६ जनाले ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी