अमेरिकाकाे चेतावनी : युद्ध नरोके व्यापारमा सघाउँदैनौँ
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको आणविक युद्ध रोकेको दाबी गरेका छन् । सोमबार ह्वाइट हाउसमा पत्रकारहरूलाई उनले अमेरिकाले दुई देशबिच युद्धविराम गराउन मद्दत गरेको बताएका हुन् ।
ट्रम्पले भने, ‘मलाई विश्वास छ, यो युद्धविराम स्थायी हुनेछ। दुवै देशसँग धेरै आणविक हतियार छन्, यसले विनाशकारी आणविक युद्ध निम्त्याउन सक्छ । लाखौं मानिसहरू मारिन सक्थे ।’
दुवै देशलाई युद्ध रोक्न सके व्यापारमा सघाउने नत्र कुनै पनि व्यवसाय नगर्ने आफूले भनेको पत्रकारसँग उनले खुलाए । मानिसहरूले आफूलेजस्तो कसैले पनि व्यवसायलाई प्रमोट नगरेको पनि उनको दाबी थियो ।
ट्रम्पले थपे, ‘भारत र पाकिस्तानको नेतृत्व धेरै बलियो र शक्तिशाली छ। परिस्थितिको गम्भीरता बुझ्ने शक्ति, बुद्धि र धैर्यवान दृष्टिकोण उनीहरूमा छ, हामीले धेरै मद्दत गरेका छौँ, म उपराष्ट्रपति जेडी भान्स र विदेश सचिव मार्को रुबियोलाई उनीहरूको कामको लागि धन्यवाद दिन चाहन्छु।’
साथै उनले भारत र पाकिस्तानसँग व्यापरको हात बढाउँदै भारतसँग स्थायी युद्धविरामबारे वार्ता गरिएको र चाँडै नै पाकिस्तानसँग पनि गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण