मोदीको चेतावनी : हामीले १ सयभन्दा बढी आतंककारी मार्यौँ, पाकिस्तानको मनोवृत्ति हेरेर थप कारबाही गर्छौँ
काठमाडौँ । आफूहरूको आक्रमणमा १०० जनाभन्दा बढी खतरनाक आतंककारीहरू मारिएका भारतले दाबी गरेको छ ।
सोमबार राति राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे बताएका हुन् । साथै उनले पाकिस्तानको अनुरोधमा भारत युद्ध रोक्न सहमत भएको पनि दाबी गरे ।
भारतले पाकिस्तानविरुद्धको सैन्य कारबाही मात्र स्थगित गरेको र पाकिस्तानको मनोवृत्ति हेरेर फेरि थप कारबाहीको निर्णयमा पुग्न सक्ने उनले चेतावनी पनि दिए ।
‘हाम्रो एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो,’ मोदीले भने, ‘हामी सबै सबै प्रकारका आतंकवादविरुद्ध एकजुट छौं । पक्कै पनि यो युद्धको युग होइन, तर यो आतंकवादको युग पनि होइन। आतंकवादविरुद्ध शून्य सहनशीलता नै राम्रो ग्यारेन्टी हो ।’
पाकिस्तानी सेना र सरकारले जसरी आतंकवादलाई प्रोत्साहन गरिरहेको छ, त्यसले एक दिन पाकिस्तानलाई नै ध्वस्त पार्ने उनको भनाइ थियो । ‘यदि पाकिस्तान बाँच्न चाहन्छ भने, उसले आफ्नो आतंकवादी पूर्वाधार नष्ट गर्नुपर्नेछ, यसबाहेक शान्तिको अर्को कुनै उपाय छैन,’ मोदीले भने ।
भारतको दृष्टिकोण एकदमै स्पष्ट भएको र आतंक र वार्ता सँगै चल्न नसक्ने उनले बताए । ‘पानी र रगत पनि सँगै बग्न सक्दैनन् । म विश्व समुदायलाई यो पनि भन्न चाहन्छु, हाम्रो घोषित नीति पाकिस्तानसँग कुनै वार्ता हुन्छ भने त्यो आतंकवादबारे मात्र हुनेछ,’ उनले भने, ‘यदि कुनै कुराकानी हुन्छ भने, त्यो केवल पाकिस्तानमा हुनेछ ।’
बुद्ध पूर्णिमाबारे पनि स्मरण गराउँदै मोदीले भने, ‘बुद्धले हामीलाई शान्तिको मार्ग देखाउनुभएको छ। शान्तिको बाटो पनि शक्तिबाटै जान्छ । मानवतालाई शान्ति र समृद्धितर्फ अघि बढाउन, प्रत्येक भारतीय शान्तिमा बाँच्न सक्षम छन्, विकसित भारतको सपना पूरा गर्न भारत शक्तिशाली हुनु आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण