पाँच दिनमा हालान्डको दोस्रो ह्याट्रिक, सिटी सेमिफाइनलमा
म्यानचेस्टर । अर्लिङ हालान्डले पाँच दिनमा दोस्रो ह्याट्रिक गर्दा म्यानचेस्टर सिटीले बर्नलीमाथि गोल वर्षा गरेको छ । शनिबार राति एतिहाद स्टेडियमा भएको खेलमा सिटी ६–० गोलले विजयी हुँदै एफए कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
गत हप्ता च्याम्पियन्स लिगमा आरबी लेइपजिगविरुद्ध पाँच गोल गरेका हालान्डले शनिबार तीन गोल थप्दै यो सिजन आफ्नो गोल सङ्ख्या ४२ पुर्याएका छन् । प्रिमियर लिगमा रुड भान निस्टलरोय र मोहमद शालाहले बनाएको एकै सिजनमा सर्वाधिक गोलको कीर्तिमानभन्दा उनी अब मात्र दुई गोलले पछि छन् ।
हालान्डसँगै जुलियन आल्भारेजले दुई तथा कोल पाल्मरले एक गोल थप्दै टोलीलाई सानदार जीत दिलाए । उता सिटीका पूर्वकप्तान भिनसेन्ट कोम्पानीको टोली च्याम्पियन्सीपमा १३ अंकले अघि रहे पनि शनिबारको खेलमा निरीह देखिएको थियो ।
पेप ग्वार्डिओलको नेतृत्वमा सिटी सात सिजनमध्ये ६ वटामा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । यद्यपि टोलीले यो प्रतियोगिता २ पटकमात्र जितेको छ । अब एफए कपको ड्र आइतबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण