गिरिजाप्रसाद कोइरालाको आर्थिक नीतिले अहिलेसम्म अर्थतन्त्र टिकेको छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीतिले संकटमा पनि नेपालको अर्थतन्त्र जोगिएको बताएका छन् ।
गिरिजाप्रसादको स्मृति दिवसमा प्रेस युनियनको विचार गोष्ठीमा उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीतिलाई अवमुल्यान गरेका छौं । आज यत्रो कुराको बाबजुत पनि नेपालेको अर्थतन्त्र केही कुराले टिकेको छ भने त्यही २०४८ देखि २०५१ सालसम्म गिरिजाप्रसादको नेतृत्वमा रहेको सरकारले लिएको अर्थ नीतिले टिकेको छ ।’
नागरिकमाथि सरकारले विश्वास गरे सरकारले नागरिक नभई नागरिकले सरकार पालिदिने उनको भनाइ छ । ‘०४८ सालमा नागरिकको स्वतन्त्रतामा विश्वास नगरेको भए ५१ सालमा मनमोहन अधिकारीले सय रुपियाँ वृद्ध भत्ता बाड्छु भन्दा सरकारको कुथुर्केमा ३६ अब राजस्व थियो,’ उनले भने, ‘गिरिजाप्रसाद सरकारको नेतृत्वमा बस्दा १२ अर्ब मात्र थियो । नागरिकलाई विश्वास गर्ने नीति लिएका कारण कुथुर्केमा पैसा बढ्यो ।’
जसकारण सरकार बलियो भएर नागरिक पाल्छु भन्ने आँट गरेको महामन्त्री थापाको भनाइ छ । उनले भने, ‘अझ फेरि प्रतिस्पर्धा गर्ने वातावरण बनाइँदियौं भने केही समयमै हामी अर्थतन्त्रलाई ट्रायमा राख्न सक्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
निःशुल्क आँखा परीक्षण गराउन पाउँदा वृद्धवृद्धा खुसी
-
स्वयम्भूनाथ क्षेत्रमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो
-
‘राफेल खसालेको’ पाकिस्तानको दाबीमा भारतीय सेनाले के भन्यो?
-
झापाका रैथाने जङ्गली हात्तीको नामकरण
-
आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने सहमतिका बाबजुद शिक्षकहरू चन्दा मागेर उपचार गर्दै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य