पूर्वी अफ्रिकी प्रहरीको खेलकुद रुवान्डामा सुरु

किगाली । पूर्वी अफ्रिकाका प्रहरी संस्थाहरूका लागि खेलहरूको चौथो संस्करण मङ्गलबार रुवाण्डाको राजधानी शहर किगालीमा सुरु भएको छ ।
उक्त खेलको उद्देश्य सीमापार अपराध विरुद्ध लड्न सहयोग बढाउने रहेको बताइएको छ । मार्च २७ सम्म चल्ने वार्षिक खेलहरू पूर्वी अफ्रिका प्रहरी प्रमुख सहयोग सङ्गठनको एक क्षेत्रीय प्रहरी निकायद्वारा आयोजित गरिन्छ।
उक्त खेलकुदमा फुटबल, ह्यान्डबल, नेटबल, भलिबल, बिच भलिबल, बास्केटबल, कराते, तेक्वान्दो र बक्सिङ प्रमुख खेलहरू समावेश छन्। खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय सङ्गठित अपराध विरुद्ध लड्न प्रहरीको सहयोगलाई बढवा दिने भन्ने नाराका साथ आयोजना गरिएको थियो ।
खेलहरू पूर्वी रुवान्डाको किगाली र बुगेसेरा जिल्लाका २० विभिन्न खेल मैदानमा खेलाइनेछ जसको उद्घाटन र समापन समारोह क्रमशः नयाँ उद्घाटन किगाली पेले स्टेडियम र बीके एरेनामा हुनेछ। (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राति मुसा समाउने, बिहान पूजापाठ गर्ने अभिनय राजनीतिमा सुरु भयो’
-
कलाकारलाई प्रधानमन्त्रीकाे प्रश्न : दार्जलिङको रेलमा गीत बनाउनुहुन्छ, जनकपुरको किन नदेखेको ?
-
टर्कीमा हुने रुस–युक्रेनबिचको वार्तामा सहभागी हुने सोचमा छन् ट्रम्प
-
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी
-
द्वन्द्व रोक्न किन तम्सियो अमेरिका ?
-
प्रधानमन्त्री ओलीले शुभारम्भ गरे बनेपामा बन्ने फिल्म स्टुडियो ‘सिनेपाः’