स्ववियु निर्वाचनमा पहिलो बनेको नेविसंघले विद्यार्थी आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्छः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ पहिलो संगठन बनेको बताएका छन्। नेविसंघबाट स्ववियु निर्वाचनमा विजयीलाई बधाई तथा शुभकामना दिँदै उनले स्ववियु निर्वाचनबाट नेविसंघ आम विद्यार्थी माझ पहिलो सङ्गठनको रूपमा स्थापित भएको महामन्त्री थापाले बताए ।
‘यो स्ववियु निर्वाचनले फेरी एक पटक नेविसंघलाई आम विद्यार्थी माझ पहिलो सङ्गठनको रूपमा स्थापित गरेको छ। यो विश्वासलाई कायम राख्दै नेविसंघले विद्यार्थी आन्दोलनलाई नयाँ र परिष्कृत ढङ्गले अगाडी बढाउनु पर्दछ,’ उनले भने ।
आम विद्यार्थीका मुद्दा सम्बोधन गर्न र स्ववियूको गरिमा उच्च राख्न स्ववियु नेतृत्वले जिम्मेवार ढंगले काम गर्ने विश्वास लिएको थापाको भनाइ छ । ‘आम विद्यार्थीका मुद्दालाई संवोधन गर्न तथा स्ववियुको गरिमालाई उच्च बनाउन नवनिर्वाचित स्ववियु नेतृत्वले जिम्मेवार ढङ्गले काम गर्नेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।
निर्वाचनको क्रममा गरेका प्रतिबद्धतालाई अक्षरशः कार्यान्वयन महामन्त्री थापाको आग्रह छ ।
‘निर्वाचनको क्रममा के गर्छौँ र के गर्दैनौँ, भनेर गरेका प्रतिबद्धतालाई अक्षरशः कार्यान्वयन गर्दै शैक्षिक तथा प्राज्ञिक उन्नयनको लागि काम गर्न आग्रह गर्दछु,’ उनले भने । नेविसंघले हालसम्म ११२ वटा क्याम्पसमा स्ववियु सभापति जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण