शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सोनू निगमका बुवाको घरबाट ७२ लाख चोरी, ड्राइभरको खोजीमा जुट्यो प्रहरी

बिहीबार, ०९ चैत २०७९, ०९ : ५२
बिहीबार, ०९ चैत २०७९

बलिउड अभिनेता सोनू निगमका बुवाको घरमा ७२ लाख भारु चोरी भएको छ । गायकका पिताले आफ्ना ड्राइभर रेहानले चोरी गरेको शङ्का गरेका छन् । के हो त पूरा घटना ? जानकारी लिऔँ ।

२२ मार्चमा सोनू निगमकी बहिनी निकिताले डाइभरविरुद्ध चोरीको उजुरी दर्ता गरेकी छिन् । गायकका पिता अगम कुमार ७६ वर्षका छन् । उनी अँधेरी वेस्टको ओशिवारामा विन्डसर ग्रान्ड बिल्डिङमा बस्छन् । सोनू निगमका बुवाले प्रहरीलाई दिएको बयानमा ड्राइभर रेहानमाथि शङ्का जताएका छन् । रेहान पहिला अगम कुमारकोमा काम गर्दथे ।

बयानको आधारमा रेहानविरुद्ध मुम्बईको ओशिवारा प्रहरी स्टेसनमा उजुरी दर्ता गरिएको छ । प्रहरी अधिकारीका अनुसार अगम कुमार र निकिताले आफ्नो इलाकाको सिसिटिभी फुटेजको अनुसन्धान गरेको र त्यसमा ड्राइभर रेहान दुवै दिन ब्याग लिएर आफ्नो फ्ल्याट तिर जाँदै गरेको देखिएका थिए ।

सोनू निगमका बुवालाई रेहान डुप्लिकेट चाबीको मद्दतले उनको फ्ल्याटमा छिरेका हुन् कि भन्ने शङ्का छ । यो चोरी १९ मार्चदेखि २० मार्चबीच भएको थियो ।

थानामा दर्ता भएको उजुरीमा अगमकुमारले भने, ‘म १९ मार्चमा वर्सोवा इलाकामा निकिताको घरमा गएको थिएँ । केही बेरपछि फिर्ता हुँदा काठको दराजमा राखिएको डिजिटल लकरबाट ४० लाख भारु गायब भएको देखेँ । मैले निकितालाई यसबारे जानकारी दिएँ । भोलिपल्ट पनि काम विशेषले छोराको घर गएर फर्किँदा लकरबाट ३२ लाख भारु निकालिएको थियो । ’

रेहानले अगम कुमारको ड्राइभरको रूपमा करिब ८ महिना काम गरेका थिए तर उनको प्रदर्शन राम्रो थिएन । त्यसैले उनलाई कामबाट हटाइएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप